
मणी हराएको, नाग भएको छु
बिना झंकारको, राग भएको छु
एक्लो पनले त, रुवाउंदो रहेछ
हुलले छाडेको, काग भएको छु
कहिले बादल, त्यो औँशीको रात
रोशनी सँगैको, दाग भएको छु
हराबरा देख्छु, डाँडा पाखा पर्वत्
आफुँ ओईलाएको, साग भएको छु
माहोल पूरानो, ´आफन्त´आफन्तका
ताप्दै´थे निभेको, आग भएको छु
- आफन्त
No comments:
Post a Comment