Sunday, July 12, 2015

चोइटिएर बांच्छन्,

झुट बोलेर बांच्छन्, आँफै घुटपिएर बांच्छन्
लुटे भन्दै मायामा, आँफै लुटिएर बांच्छन्

बदनामी को भयो, जमाना नै बदनामी छ
छुटे भन्दै मायामा, आँफै छुटिएर बांच्छन्

क्षणिक मोहको सागरमा, डुबुल्की मारेर
चुटे भन्दै मायामा, आँफै चुटिएर बांच्छन्

शिकार खेल्न नजान्नेले, बनभित्र नपस्नु नी
भुटे भन्दै मायामा, आँफै भुटिएर बांच्छन्

के´के नै हो माया, आँफै छटपटिएर बाँच्दै
चोइटाए भन्दै मायामा, आँफै चोइटिएर बांच्छन्,

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...