
आँखामात्र झिम्काउने गोरी कता होलिन्
बाटो ढूकी ईशारा´मा छड्के तिरै हान्ने
डाँडापाखा निम्ताउने ¨मेरी¨कता होलिन्
धेरै भो´नी सम्झनामा, देखा नपरे´की
पल्लोगाउँ साइँला´की छोरी कता होलिन्
ओठै टोकी भूइँ कोर्ने बानी थियो उन्को
मेरी मन्´की मूटूबांध्ने डोरी कता होलिन्
दोबाटोमा जिस्काउने मोरी कता होलिन्
आँखामात्र झिम्काउने गोरी कता होलिन्
No comments:
Post a Comment