Wednesday, July 15, 2015

$$$गीत$$$ कता होलिन्

दोबाटोमा जिस्काउने मोरी कता होलिन्
आँखामात्र झिम्काउने गोरी कता होलिन्

बाटो ढूकी ईशारा´मा छड्के तिरै हान्ने
डाँडापाखा निम्ताउने ¨मेरी¨कता होलिन्

धेरै भो´नी सम्झनामा, देखा नपरे´की
पल्लोगाउँ साइँला´की छोरी कता होलिन्

ओठै टोकी भूइँ कोर्ने बानी थियो उन्को
मेरी मन्´की मूटूबांध्ने डोरी कता होलिन्

दोबाटोमा जिस्काउने मोरी कता होलिन्
आँखामात्र झिम्काउने गोरी कता होलिन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...