Monday, August 10, 2015

आगो

निभ्ला र के यो, सल्किएको आगो
उत्तर - दक्षिण, पल्किएको आगो

नारा एउटा, दस्ताबेज फरक फरक
पूर्व - पश्चिम, छल्किएको आगो

अभिमत् जनताको, खेरजाने हो की
बितृश्णा बिरोध, झल्किएको आगो

अखण्डता अनि, हिन्दूत्वको लागि
ॐ कार सहित, ढल्किएको आगो

निभ्नु त पर्छ नै, धुनी ताप्नु छैन
रुवाउँदै ¨नेपाल¨, बल्किएको आगो

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...