Tuesday, August 11, 2015

साउन आयो गयो बन पलाएन

साउन आयो गयो बन पलाएन
डन्ढेलोले खाएको मन पलाएन !

बाग भरी बषन्त मागभरि थुङ्गा
परन्तु यो मेरो यौवन पलाएन !

१६ नाघिस १७ नाघिस भन्न थाले
आफ्नो भने खैत जोवन पलाएन !

पिरतीको कुपोषणले चुसेजस्तै भएं
ए´कोहोरो मायामा तन पलाएन !

साउन आयो गयो बन पलाएन
डन्ढेलोले खाएको मन पलाएन !

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...