Tuesday, August 11, 2015

साउन आयो गयो बन पलाएन

साउन आयो गयो बन पलाएन
डन्ढेलोले खाएको मन पलाएन !

बाग भरी बषन्त मागभरि थुङ्गा
परन्तु यो मेरो यौवन पलाएन !

१६ नाघिस १७ नाघिस भन्न थाले
आफ्नो भने खैत जोवन पलाएन !

पिरतीको कुपोषणले चुसेजस्तै भएं
ए´कोहोरो मायामा तन पलाएन !

साउन आयो गयो बन पलाएन
डन्ढेलोले खाएको मन पलाएन !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...