Wednesday, August 12, 2015

जून तारा सँग यो, रात नछुटोस्

foto google 
हात छुटेर के भो, साथ नछुटोस्
जून तारा सँग यो, रात नछुटोस्

भुलेर के भो हाम्रो, बाचा कसम
लुकी चोरि गरेका, बात नछुटोस्

क्षणिक थिए तर, उमङ्गका पल्
उन्मुक्त यौवनका, मात नछुटोस्

झरेर जान्छ फूल, नचुंडे आज
परन्तु हाँगा अनि, पात नछुटोस्

छाडेर जाउ टाढा, म देखि धेरै
प्रेम-पत्र´हरुको, खात नछुटोस्



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...