Thursday, December 27, 2018

गजल घर त होइन कतै ??


जिन्दगीको अर्को नाम, डर त होइन कतै
जती बांचियो त्यती नै, कर त होइन कतै ??

सकिएन चिन्न सायद्, गोरेटा र गन्तब्यहरु 
जहाँं रात बित्छ अचेल, घर त होइन कतै ??

चिता जल्दा घाट रुन्छ, छोडि जान्छ धुवाँ
मुढा जलाउने एकैमुठी, खर त होइन कतै??

खुशी लुकाउँछन् ओठहरु,यी आसुँ परेलाले
यी परेला नै जिन्दगीका, चर त होइन कतै??

ढल्यो भन्छन् भरोशाका, पर्खालहरु कहिं
सम्बन्धमा विश्वाशका, भर त होइन कतै?? 

Monday, December 17, 2018

जाम छचल्किए

उनका परेला त, मेरा जाम छचल्किए

 जति छचल्किए, खुले'आम छचल्किए !!


धरापमा परे, विश्वाशका ति झुपडीहरु 

आखिर गालीहरु, तथा'नाम छचल्किए !!


भत्काउनु नै रहेछ, ती सम्बन्धका पर्खाल
हर्कतले भ्याएसम्म, साम'दाम छचल्किए !!

स्विकार्न धौ भए, समझदारीका खोटहरु
बगलीमा छुरा राखी, हरे!राम छचल्किए !!

नछचल्किनु थिए, हाम्रा सम्बन्धका 'बाँध'
रोकिएनन् हाम्रा बूंद, सुबह'साम छचल्किए !!

ती नजरहरुले!!

नबोलेरै धेरै बताए, ती नजरहरुले,
रै'छ मादकता मताए, ती नजरहरुले !!


मदारीको तालमा नचाए, ती नजरहरुले!!
वहींभो सरुवा जहां खटाए, ती नजरहरुले!!


आखिर त्यहि प्रेम घटाए, ती नजरहरुले !!
हिजो-आज त झनै, अताए ती नजरहरुले!!

ईशारामा बोलाउंथे, ईशारामै म जान्थें
दफ्तर बन्यो यो जिन्दगी, उनै मेरो साहिब


अटाई नटाई थियो प्रेम, तिनै नजरहरुमा
बिर्सिन नै नसक्ने, याद पापी किन आउँछ 

अलिखिती रूपक

कल्पना पौडेल आचार्य

पात्र म अनि
जिवित/अर्धजिवित मेरै सपनाहरु
अर्धनग्न चेतनाभित्रका 
नग्न भूमिकाबिहीन चरित्रहरु
नेपथ्यमा सुनिन्छन्
तिनै सपनाका चित्कारहरु
पटक-पटक मुर्छित हुन्छन्
सम्हाली नसक्नु आर्तनादहरु
आर्तनादभित्रका क्रन्दनहरु
असह्य पिडाभित्रका रोदनहरु
रङ्गमन्च निस्पट अन्ध्यारो हुन्छ
नेपथ्यबाटै मलाई घोक्रेठ्याक लगाईन्छ
कि जा गएर अभिनय गर भनि ।

न सम्बाद छन्, न मनोबाद नै
अदृस्य लाग्ने परिकल्पनाकार भन्छ
जा-जा गएर भन कि
त जिवित छस्
नेपथ्यका तेरै सपनाहरु जस्तै
निशब्द म उक्लन्छु अध्याराहरुमा
मलाई त लुछ्न पठाईन्छन्
मेरा बाँकी रहेका अस्मिताहरु
बर्दियाका उखुबारीहरुबाट
जोगाएका मेरा आफ्नै
जिवित अभिलाषाहरु
क्षतबिक्षत पार्न खोज्छन्
तिनै दर्शकदिर्घामा अग्रपंक्तिमा रहेका
प्रमुख अतिथीहरु
कानूनका ठेकेदारहरु
नगर प्रमुखहरु
मेरा आफ्नै मामा, काका, सानाबाहरु
खै कथाले मागेको हो या
परिकल्पनाकारको रोजाई
या त्यही फैलिएको अन्धकारले
कस्तो अन्धकार हो यो
उज्यालोभित्र चुक पोखिए जस्तै
अघिसम्म एक्लो थिएँ म
एकान्की भनिएको थियो ।
तर एक्कासी नरपिचासहरुको प्रबेश सुरु हुन्छ
नि:शब्द मेरा अभिनयलाई कमजोर बनाईन्छन्
कस्तो निर्देशन हो यो ?
कस्तो परिकल्पना ?
कस्तो सुत्रभित्रको रुपक हो यो ?
अमुक नारीलाई रङ्गमन्चमा उतारिन्छ
बिना सम्बाद अन्धेरीहरुमा
अनि प्रबेश गराईन्छ
रक्त पिपाशुहरु
म रन्थनिन्छु
मेरो माथिङ्गल घुम्छ
सिंहदरवार हल्लिन्न
सितल निवासमा हावा लाग्दैन
बालुवाटार निदाईरहन्छ ।
भो भो नलेखिउन एस्ता नाटकहरु
बन्द गर यी रङ्गमन्चहरु
मलाई निकाल
यो अन्धेरो भूमिका र सम्बादबिहिन रुपकबाट
अलिखित नै रहन देओ
यी अलिखी रुपकहरु
लेखिनै पो किन पर्यो र
मन्चन नै किन हुनुपर्यो र ?
हर दिन हर साँझ मन्चन भैरहेका छन् ।
@महिला खबर अनलाईन पत्रीकामा प्रकाशित 

बहकिएको मन !


मौन साँझ, मौन म अनि रङ्गहरु। हो रङ्गहरु! हो, यस्तो लाग्छ हिजो आज म यिनै रङ्गहरुमा घुलिरहेको छु, झुलिरहेछु शायद अनेकौं कुन्ठाहरुले चिचिएको म,म आँफैलाई भुलिरहेको छु रङ्गहरुमा। कहिले क्षितिजका रङ्गहरुमा मितेरी लगाउँदै, कहिले शान्त र गम्भिर सागरका निला रङहरुमा आँफैलाई भुलाउँदै। हरेक आयाममा म रङ्ग भेट्छु हर परिवर्तन, हावाका झोका, खसेका पात, फक्रिएका थुङ्गा यद्धपी काँडाहरुमा पनि। श्यामस्वेत तस्बिरहरुमा कबिता लेख्छु झरेका पातहरुमा रुमानीहरु। थाहाछैन म खुशी छु कि दुखी तर केवल रङ्गहरु मात्रा खोज्छु म अन्धेरा रातहरुमा पनि कसैका बेमतलबी बातहरुमा पनि। न मदिरा न यौवनका छताछुल्ल गल्लिहरु, न संगीत न गल्लिका हल्लाहरुमा म आफुलाई भुलाउन सक्छु, त केवल म रङ्गहरुको नै खोजिमा हुन्छु। कहिले पुतली बनी त कहिले भमरो बनी फूलहरुमा भूल्छु जहाँं म अनिगिन्ती रङ्गहरु भेट्छु। ढुङ्गेपहाडमा रमाउँछु पतझड जङ्गलहरुमा रमाउँछु। किन कि हरकहिं म रङ्ग भेट्छु। बिहानीका पाईलाहरु सङ्गै, दिउँसोका चाल अनि साँझका रित्ता हुन् या भरी प्यालाहरु सबैमा मिठासका रङ्गहरु भेट्छु।
सोच्छु आखिर किन म यती धेरै रङ्ग प्रिय हुन पुग्दैछु। समयले पैँठेजोरी खेलेको बेलामा,हत्केलाका रेखाहरु मेटिँदै गएका बेलामा, भिडमा पनि एक्लो महशुस भएको बेलामा पनि म रमाएको हुन्छु रङ्गहरुमा र रङ्गहरु सँगै। अनि हो तिनै रङ्गहरु पोख्न थाल्छु कतै अक्षर त कतै शब्द बनाएर।सजिलै गुनगुनिन्छन् मेरा शब्दहरु, जुन नजरका मसीले तिनै गीतमा पोतिएका हुन्छन्, छरिएका हुन्छन् ताराका बिस्कुन जस्तै। हरेक भेटिएका फूलहरुको तस्बिर लिन्छु, साँझमा टाढा देखिएका क्षितिजहरुमा टोलाउँछु, साँझकै सिन्दुरीहरु सुटुक्क चोर्छु अनि बस्छु मनका बह पोख्न। त्यहाँ पनि पोख्छु म थोरै रङ्गहरु धेरै आस्थाका बुटिहरु अनि अतितका त्रुटिहरु। सायद मन लाई सोध्न सक्ने थिएँ भने सोध्ने थिएँ मैले ' ए मन! तँ किन यतिधेरै बेचैन हुन्छस्?किन हरपल बहकिन्छस्?' भनि। परन्तु भेट्दिन मैले आफ्नै मन सामुन्नेमा।
हुनसक्छ म केही भुल्दैछु या केही भुल्न खोज्दैछु या अझै भूल्ने कोशीस गर्दैछु तर के? यही तितो यथार्थ बर्तमान, त्यो बिगत या अज्ञात भूत??।।

Sunday, December 16, 2018

गीत

Dashain 2018 Albir Alicante
भन म कहाँ कहाँ गरुँ हस्ताक्षर
जहाँ भन्छ्यौ त्यहीँ गर्छु हस्ताक्षर

मनको कलम मनकै मसीले
जिवन सुम्पे तिम्रो नजरमा

सुनमा जलप सुनकै कसीले !!

रोज्यौ यो साथ नछोड्नु यी हात
बाँध मलाई त्यहि मायाकै रसीले

के भन्नू खै उडीजाने बतासलाई
त्यो मुहार राम्रो मुसुक्क हसीले।।

बिहान राम्रो बिहानी शषिले।

जहाँ भन्छ्यौ त्यहीँ गर्छु हस्ताक्षर
मनको कलम बिश्वासको मसिले।।

केही सेर


सुनें हिजोआज उनलाई रात मन पर्दैन रे 
भनिदेउ न म पनि कहाँं निदाएको छु र??

सुनें, एकान्तमा उनी धेरै बेर रुन्छिन रे
भनिदेउ, न म पनि कहाँ हाँसेको छु र?

सुनें, भिड भाड देखी उनी टाढा भाग्छिन् रे
भनिदेउ न मलाई पनि एकान्त मन पर्छ भनि।

सुत्र कबिता

एक अंस
सरकार र राज्य
परिधी बिनाका परिचय 
जहाँ सार्बभौम "बन्दी" छ
पत्रकार कानुन खोज्छ
पुलिस उप्काउछ ।
धर्मको लिलाम हुन्छ
अधर्मको आयात
दसगजाका लालपुर्जा खै?
अर्दलीहरुको दिवाली
मन्त्रालय बिगुल फुक्छ
देश हरायो राजधानीमा
सरकार बिजुलीका खम्बाहरुमा
कथित जनता चटक हेर्छन्
ठट्टा सुन्छन्
रित्तो पेट मिचिमिची हाँस्छन् ।

गजल

नियालेर त हेर यी आँखामा, एक कहानी भेट्नेछौ 
सुरु त गर साँझमा, पढ्दा’पढ्दै बिहानी भेट्नेछौ!

लामा छन् कथा, लामै छन् ब्यथा पनि मेरा हजुर 
फूलका कबिता कोर्दै बिते, त्यही जवानी भेट्नेछौ!

बिकेनन् मेरा सपनाहरु, सपनाकै बजारमा आखिर
साँच्चैनै कहिले शुस्केरा, त कहिले हैरानी भेट्नेछौ!

निदाउन नसकेका पल, फूलका कालिनहरुमा पनि 
छामेर नहेर है कहिकतै, भिजेका सिरानी भेट्नेछौ!

खन्डहर लाग्ने यो जिन्दगी, “आफन्त”को पढ्दै गर्नु 
यो गजल सकिए पछी, झनै मिठा रूमानी भेट्नेछौ! 

श्रीभक्त पौडेल “आफन्त”
स्पेन


नब्युँझे सूर्य, बिहानी देखिन्न

gulfos iceland 

निभ्दैन आगो, खरानी देखिन्न
नबुझे ज्वाला, कहानी देखिन्न


खोज्दैछु यहाँ, मदानी देखिन्न
लागेको चोट, निशानी देखिन्न

नबुझे ज्वाला, कहानी देखिन्न
मोथिएका छन्, छातीको हुंडहर्

सकस् मुटु´मा, चले तिर´हरु
साँझमा डुबेको, भोली के थाहा

नब्युँझे सूर्य, बिहानी देखिन्न
निभ्दैन आगो, खरानी देखिन्न

यात्रा हो जीवन gazal

रहरहरु सङ्ग खेलें
लहरहरु सङ्ग खेलें!!
यात्रा हो जीवन भन्दै
डगरहरु सङ्ग खेलें!!
रङ्गहरु त कहाँँ पाउनु
जहरहरु सङ्ग खेलें!!
बग्न चाहन्थेँ नदी सरह
बगरहरु सङ्ग खेलें!!
भेटिएनन् साथी कतै
शहरहरु सङ्ग खेलें!!
र पनि मर्दैन धित
कहरहरु सङ्ग खेलें!!
जिन्दगी जुवा पनि भने
दहरहरु सङ्ग खेलें !!
रङ्गहरु त कहाँँ पाउनु
जहरहरु सङ्ग खेलें!!
- आफन्त
रेइक्याभिक अाइसल्याण्ड

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...