Thursday, September 12, 2019

सधैं छचल्किने, बैशालु प्याला उनका

छुँ छुँ लाग्ने, गूलाबी गाला उनका
सङ्गै हिँडु, सराबी चाला उनका 

कस्तो कशिस, उफ् त्यो मुहारमा 
अझै मोहकी, गाजल काला उनका

लुकाएकी छन् चाह, मनका दराजमा
कहाँँ होलान्?, चाबी र ताला उनका

सृङ्गार उनको मुस्कान, टिकी त्यो जून 
हेरिरहुँ लाग्ने, गलाका माला उनका

नपिएरै बेहोशी, पिए के हुन्छ कुन्नि
सधैं छचल्किने, बैशालु प्याला उनका

तिम्रा आसुँ पुच्छु भन्ने, यहाँ हजार भेटिन्छन्

तिम्रा आसुँ पुच्छु भन्ने, यहाँ हजार भेटिन्छन्
रगतको थाहा छैन, आँशुको बजार भेटिन्छन्

खुनले कोरिएका भेटिए, बेकारका सिमाहरु
उत्खनन् गर तराईमा, अझै पहाड भेटिन्छन्

नजानेर होला सायद, बशन्तमा फूल भेटिएन
भन्दै त थियो साथी, पतझडमा बहार भेटिन्छन्

प्यासी छु म स्वतन्त्रताको, सुख्खा नदिहरुमा
बम बारुद हतियारले भरिएका ईनार भेटिन्छन्

पर्खन्न खोलो फर्कन्न जवानी पर्खिएर बसे पनि
जिन्दगी जस्तै लमतन्न लाग्ने, किनार भेटिन्छन्




गैर बहर गजल

उनलाई छोएको बतासले छुँदा फुरुक्क हुन्छु
किन हो किन, उनी भने पछी हुरुक्क हुन्छु।। 

उमेरले नेटो काटेर, के भयो र ए! मित्र हो
कस्तो नशा अझै तस्बिर देख्दा जुरुक्क हुन्छु।।

न कहिल्यै नजर जुधे न मुस्कुराए ती ओठहरु
यो कस्तो अगाढ् प्रेम एकातर्फी धुरुक्क हुन्छु ।।

कैयौंचोटी बाटो छेकी प्रस्ताब राख्छु भन्दापनि
उनको आगमन सङ्गै, अन्तकतै लुरुक्क हुन्छु ।।
 
छाडेन साथी छाडेन, अझै जवानी उम्लनलाई
रती उन्मुक्तताको रापमा छिट्टै, भुलुक्क हुन्छु ।।


Wednesday, August 14, 2019

जति फराकिलो हुनुपर्ने, आकाश भएन !!


भन्दै'थियौ, मेरो मायाको आभाष भएन
सोध्छु तिमीलाई नै किन'एहशास' भएन ?!!

रहर मलाई पनि थियो, तस्बिर सजाउने
टुटेका आधार सजाउने, क्यान्भास भएन !!

सकिए जोवन सायद,यो एेना त्यसै भन्छ
लुटिएका यौवन फर्किने, कत्तिआस भएन !!

विश्वाश त दिलाएकै थिएँ, र पनि यहाँ
प्रतिफल मायाको, कहिल्यै खास भएन !!

साँघुरीए सोच, बदलिए हरेक चाहनाहरु
जति फराकिलो हुनुपर्ने, आकाश भएन !!

Monday, August 12, 2019

उड्यो जहाज, सिङ्गापुरमा ओर्लियो

भेटिन्छ लाखौं झुट, यहाँ सरकारको
जहिं-तहीं ब्रम्हलुट, यहाँ सरकारको

त्यो उखुबारीमा, कानुन नङ्ग्याईयो
महिमलाई छ छुट, यहाँ सरकारको

डन्का पिटियो, ठुलै परिवर्तन आयो
बोल्नेले भेटे बुट, यहाँ सरकारको

'लोभि र पापीको', सम्बन्ध सुध्रियो
सहमतिमा बन्यो गुट यहाँ सरकारको

घर लग्यो पहिरोले, भाषणका राहत
पिउनु छ अब घुट, यहाँ सरकारको 

कहिले शासु, कहिले बुहारीको पालो
हुँदैन कि पक्कै फुट, यहाँ सरकारको

उड्यो जहाज, सिङ्गापुरमा ओर्लियो
हेर्नुस् न मात्र लुट,यहाँ सरकारको

Sunday, August 11, 2019

थाहा भएन

कसोरी सक्यौ नि, भूल्न थाहा भएन
बिर्सियौ यो याममा फूल्न थाहा भएन!!

न यादका गीत न सम्झनाका झटारा
कहिं त गयौ खै, खुल्न थाहा भएन !!

नसोध्नु थियो सोध्यौ मेरा गन्तब्यहरु
छोड्यौ सङ्ग'सङ्गै डुल्न थाहा भएन !!

सिकायौ हांस्न, खुशी हुन जीवनमा
अनी किन अन्तै झुल्यौ थाहा भएन!!

स्विकार्य छन् नियतीका खेलहरु अब
कुन कुन रङ्गसङ्ग घुल्यौ थाहा भएन!!

Saturday, August 10, 2019

गाईजात्रा बिशेष

यी दल हुन् कि दलाल उस्तै लाग्छन्
हेर्दा सरकारका कमाल उस्तै लाग्छन् !!

कसलाई के भन्नु र खै नेपालमा अब
युवाका दारी र कपाल उस्तै लाग्छन् !!

बहुलाउछ नेता माईक देख्नैहुँदैन क्यार्नु 
नगरबधु र नेताका धमाल उस्तै लाग्छन्!!

आधा जनसंख्या मिडिया सम्हाल्दै यहाँ   
सोध्ने पत्रकारका सवाल उस्तै लाग्छन् !!

ढाक्दैन लाज मुखका लङौटीले साथी
हेर्नुस् फरिया र रुमाल उस्तै लाग्छन् !!

र कस्तो बैमन्स्यता थप्यो यहाँ राजनीतिले
रगत देख्दा ढकाल र हमाल उस्तै लाग्छन् !!

Thursday, August 8, 2019

थप्दैजाऊ तिमीअझै, बदनामको नशा !!

कहिले नजर त, कहिले जामको नशा
थप्दैजाऊ तिमीअझै, बदनामको नशा !!

लाग्दैन डर, न धक लाग्छ हिजोआज 
पिउँदैछु हेर यहाँ, खुलेआमको नशा !!

भन्छन् जिन्दगी नै नशा हो, पिउनेहरु
देखाउ भेटिन्छ कहाँं? हरसामको नशा !!

निश्ठुरीहरु हुन्, मझधारमा छोडीजाने
रित्याई बगली सारा, छलछामको नशा !!

खै त भेट्दिन म मात, जति  पिए पनि
उसलाई चढिसक्यो, मोहरदामको नशा !!

Monday, August 5, 2019

यो देश देश नै होईन, चिहान लाग्दैछ ।

किन कि यहाँ 'जिन्दगी, मशान लाग्दैछ
केबल मृत्‍यु जिन्दगीको, निदान लाग्दैछ ।।

मुर्कुट्टाहरुको नै राज, भगवानको देशमा 
यो देश देश नै होईन, चिहान लाग्दैछ ।।

शंखघोस् गरुँ झैं लाग्छ, एक युद्धको
गोली र बारुद रातमा, शिरान लाग्दैछ ।।

लुटिए स्वतन्त्रता, स्वतन्त्रताकै नाममा आज
त्यसैले त जन्मभूमी पनि, बिरान लाग्दैछ ।।

निभाउँछन् आशाका दिया,निराशाका हुरीले
क्षितिजका सुभ सन्केतले, बिहान लाग्दैछ ।। 

मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

कहिले आसुँ मिल्दैन कहिले, हाँसो मिल्दैन
मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

न मुखमा राम, न देखिन्छन् मनका भगवान
झुटको साहारामा छ दुनियाँ, साँचो मिल्दैन ।।

भरिपूर्ण छन् सपनाका भकारी, रित्तो संसार
अभाबको बाढी पहिरो मात्र, खाँचो मिल्दैन ।।   

ब्रिद्धा आश्रम खोल्छ छोरो, परिवार चिन्दैन
पाकेको पकवानका के कुरा, काँचो मिल्दैन ।।

झिलमील् छन् शहर, रङ्गबिरङ्गी गुडियाहरु
आफन्तलाई दिने कुनै सानो, नासो मिल्दैन ।।   

Saturday, August 3, 2019

खै कस्तो नशा बन्यो, पिउँदै छु म

न कुनै पिउने बाहाना भेटियो आज 
न मनका एक चाहना मेटियो आज

खै कस्तो नशा बन्यो, पिउँदै छु म  
मात्र दकसमा, सकस फेटियो आज 

हुर्काउन सकिन मैले, प्रेमका बिरुवा 
त्यसैले प्रितका कोपिला रेटियो आज 

हलचल छ मन, चन्चल छ मन उसै 
हैन यो कस्तो जमिनमा टेकियो आज

बिर्सिएको थिएँ, भूलेको थिएँ उनलाई 
अहो एक्कासी उसैलाई देखियो आज 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...