Sunday, March 30, 2014

गजल : मान्छे

गजल मान्छे

ढुङ्गा पुजी मान्छेलाई, हेला गर्छ मान्छे
दौलत बुझी मान्छेलाई भेला गर्छ मान्छे

कहिले देखी चल्यो होला निर्दयी यो चलन
औकात खुजी मान्छेलाई झेला गर्छ मान्छे

मानबताको बस्तिमा अहमताले जरो गाढ्यो
लौ हाउ गुजी मान्छे लाई,  खेला गर्छ मान्छे

मलामीमा डिस्को डान्सर भजनमा हि पप
संसार जुझी मान्छे लाई,  रेला गर्छ मान्छे

सुनकै चरो खसाले झै, मख्ख पर्दै मान्छे
धरम धुजी मान्छे लाई मेला गर्छ मान्छे

(खुजी:खोजी)
(जुझी:जुझारु)
(धुजी:च्यातिएको/धुजा धुजा )

२ मुक्तक /३ शेर +



मधुमासको पवन आज रुखा रुखा लागिराछ
शहबासको हवन आज सुखा सुखा लागिराछ
बैन्शको उन्मात आज निख्रिएछ कि कुन्नी
लीलारासको दवन आज दुखा दुखा लागिराछ

धेरै भए गजल लेखन, एक गायक जरुरी छ
बढ्दैछन खलनायक उ, एक नायक जरुरी छ
धेरै बगे रगतका खोलाहरु शहिद सपुतका हिजो
लारे लुङ्रे होइन देशमा, एक लायक जरुरी छ
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
३ शेर

जिन्दगीको मध्यान्हमा चोर पस्यो दिलमा भन्छन
दिन दहाड सधैं कस्तो चोर पस्यो दिलमा भन्छन

ढोका चुकुल लगाएर लौन घर भित्रै नै लुक्दा पनि
चाबी चुकुल सबै सस्तो चोर पस्यो दिलमा भन्छन

हार गुहार किन लाउथे , वारी पारी हास्छन भन्दै
बेमानी सुलसुले जस्तो चोर पस्यो दिलमा भन्छन
-----------------------------------------------------
याद

लुकिछिपी साँझपख हुने, भेटघाटको याद आयो
कुमैजोडी फिल्म हेरेको, नारानघाटको याद आयो

सावन महिना खाली खुट्टा सोमबारको दिनहरुमा
झिसमिसेमा काली न्वाको देवघाटको याद आयो

कोही जापान कोहीचै दोहा कहिले हुने भेट हाम्रो
बाइक रोकी खाजा खाको शिवघाटको याद आयो







Friday, March 28, 2014

गजल रुनु बेकार छ

 गजल

चितामा आगो झोसी भकानिदै किन रुन्छौ
चिन्तामा राको ठोसी भकानिदै किन रुन्छौ

सम्झेर वही अतित, तिमी सँग छैन आज
सम्पत्ती पुजी खोसी भकानिदै किन रुन्छौ

३६५दिनमा एकदिन त्यो पनि एक छाक मात्र
बर्षैपिच्छे भोकै जोसी भकानिदै किन रुन्छौ (जोसिएर)

मायामोह सम्झी ल्याउदा तेरोमेरो केही छैन
बेकार फोटो टासी, भकानिदै किन रुन्छौ

रोएर आउने भए कराएर आउने भए गएकाहरु
मलामी लाई पोसी, भकानिदै किन रुन्छौ




गजल गुनासो

गजल गुनासो

उता शहर तिर गरीबको सरकार बन्यो भन्छन
चुलो हाम्रो रित्तो हेर्नुस् सरकार बन्यो भन्छन

यती पर्सेन्ट उती पर्सेन्ट छुट्याए खैयहाँ हजुर
गिठा भ्याकुर नुन छैन सरकार बन्यो भन्छन

माथि माथि हवै जाज मा, उड्छन अरे मन्त्री
हाम्लाई भेट्ने कहिले? सरकार बन्यो भन्छन

मिठो हाम्लाई चाह्या छैन, पिठो पाए हुन्थ्यो
गरीब लाई पिठो बाढ्ने सरकार बन्यो भन्छन

जेठो मारे छिमेकि ले, माहिलो मर्यो साउदीमा
क्षतीपुर्ती कानुन बनाउने सरकार बन्यो भन्छन

याद

याद

घ्यार्‍घुर्‍र मदानीले, दही मोथेको याद आयो
काँकरी चोर्दै चौथीमा वही लोटेको याद आयो

चुक चुक ढुङ्गा तलाई आधा मलाई आधा
दर्शन ढुङ्गा त्यही कही घोटेको याद आयो

भाडाकुडी रुमाल लुकाइ, डन्डि बियो कपर्दी
दौड्दै बारी बारीमा उही छोटेको याद आयो

ड्याम्म शरीर प्याट्टपेट भाग्न पनि गार्हो हुने
अमिलो नी नछाड्ने मही मोटेको याद आयो

हह होहो साइला दाइले, जोतेको याद आयो
घ्यार्‍घुर्‍र मदानीले, दही मोथेको याद आयो



Thursday, March 27, 2014

पर्दैन अब भो !

पर्दैन अब भो !

ईशारा मा पारी बोलिले मार्यौ
पर्दैन अब भो गोली चलाऊन
मातको रापले भष्म नै पार्यौ
पर्दैन अब भो आगो जलाउन

नजरको तिरले घायल बनायौ
पर्दैन अब भो पायल बजाउन
टिका तिम्रो काफी छ श्रीङ्गार
पर्दैन अब भो मुहार सजाउन

परेली भित्र अब सुटुक्क राख
पर्दैन अब भो हुकुम कजाउन
तिम्रो नै केबल भैसक्यो¨श्री¨
पर्दैन अब भो मैसँग लजाउन 

कबिता - नाटक

नाटक

बिस्तारै पर्दा उधारिन्छ
मुक दर्शक डराउछन
यद्द्यपी थाहा थियो
आजको नाटक,नितान्त बेग्लै
आधुनिक ईतिहासको अनी
यो नाटक घरको अन्तिम,
त्यसैले त पर्दा उघारिदैन उधारिदै छ
धरर्

पहिलो सुत्राधारको प्रबेश
फुर्तिलो शरीर घोप्टे जुङ्गा
सुटबुटमा ठाटिएर
निश्चित रुपमा
¨यो नाटक घर फुटाउन पर्छ
सबैलाई बाढ्नु पर्छ यो भत्काएर
अनी सबैलाई पुग्ने एक एक
नयाँ नाटक घर बनाउनुपर्छ¨
भन्दै अद्रिस्य हुन्छ

दोश्रो सुत्राधार पात्रको प्रबेश
दार्ही कपाल सेतै फुलेका
हिउको थुप्रो टाउकोमा बोके जस्तै
शिथिल रोगी शरीर
¨होइन, यो नाटकघर भत्काउनु हुँदैन¨
नबुझिने थोते पाराले फतफताउदै
उ पनि अद्रिश्य हुन्छ
.......

तेस्रो चौथो पाँचौ छैठो ...
अन्य कति हुन कती
सुत्राधारहरु प्रबेश गर्छन्
आफ्नो बन्दुक तेर्साउछन
मागहरु बुलन्दी पार्छन
यो पर्दा मेरो त्यो झ्याल मेरो
क्षत बिक्षत पार्छन
सिङो नाटक घर
स्यालुट मार्छन बुट बजारछन
¨सिङो नाटक घर फुटाउनै पर्छ
टुक्र्याउनै पर्छ¨
भन्दै अद्रिश्य हुन्छन।

तर तर
मुक निरिह दर्शक
नाटक सकिएको हो
कि अझै बाँकी छ
थाहा नै पाउदैनन

नेपथ्यमा

बिगुल फुकिन्छ
जितको होकी हारको
अनबिज्ञ सबै,के भयो के हुँदैछ
एक्कासी एक्कासी अनायस
नाटक घरभित्र
धुवा बारुद र आगोका
लप्काहरु देखिन थाल्छन
दर्शकहरु निसासिन्छन अतालिन्छन
केही त बेहोश हुन्छन
केही त्यहा बाट भाग्दै
उही नेपथ्यको उल्लाहास मनाउन पुग्छन
बिस्तारै बिस्तारै
पुराना पात्रहरु गायब हुन्छन
वही नितान्तै बेग्लै अनुहारहरु देखा पर्छन
कहिल्यै नदेखिएका झन्डाहरु गाड्न थाल्छन
नबुझिने भाषामा गीत गाउछन (रास्ट्रिय गान लाग्ने)
ति अपरचित अनुहारहरु
गाउछन रमाउछन नाच्छन।
तर
अघिका केही बाचेँका  दर्शकहरु
पानी पानी बचाउ बचाउ भनी
बेहोशिमा चिच्याइ रहेका छन
तर नयाँ सुत्राधारहरु
त्यहा (दर्शक भएतिर)झन गोली बर्षाउन थाल्छन
केही बेरमा ¨मुर्दा शान्ति¨को आभास मिल्छ

जहाँ पहिलेका सुत्राधारहरुको
ठुलठुला तस्बिर टागिन्छन
फुलको हारमा सजिएको
अब अर्को नाटक
कहिले,के कुन दिनमा मन्चन हुने हो ?
अनबिज्ञ छु म
अनी अनबिज्ञ नै छौ
हामी सारा निरिह दर्शक
आज भोलिका दर्शक
।।।।तथास्तु

२०७० माघ १६
स्पेन
















Wednesday, March 26, 2014

कबिता : छेपारेहरु


छेपारेहरु

बिगबिगी बढ्दैछ शहरमा
शहरका महलहरुमा
बेमौषमी छेपाराहरुको
रङ्ग मात्र होइन
ढङ्ग बदल्दै छन
ढोङी छेपाराहरु

जङ्गल छिरे जङ्गली हुन्छन
महल छिरे महलिया हुन्छन
झिमिक्क मै रङ फेर्ने छेपाराहरु
लिमिक्क मै बोली फेर्ने चेपाराहरु

बिच्छी को के कुरा
उडुस उपिया र मच्छेड
भन्दा बिषाक्त छन
स्वदेशी छेपाराहरु

राता हरिया पहेला
तारे सयौ प्रकारका छन
मस्त घाम तापेका छन चैतको
हाम्रा घर आङनमा

खै के घर बनाउलान
धेरै चैत बितिसके
कैयौ जेठ बितिसके
उखानै पो हुने हो कि?
 

गजल

गजल

तिम्रो मायाको भुलभुलैयामा पर्न तयार छु
तिम्रो छायाको धुलधुलैयामासर्न  तयार छु

स्विकार छन तिम्रा,हरेक बाचा र कसमहरु
तिम्रो सायाको तालतलैयामा तर्न तयार छु

मोहनीमा पार्यौ मलाई दिवानि ले मार्यौ नी
तिम्रो कायाको झुलझुलैयामा झर्न तयार छु

सपना त होइन अब, बिपनीमा तिमी सँगै
तिम्रो मायाको* हुलहुलैयामा डर्न तयार छु

सहेली ना सही पहेली* मै भए पनि तिमी
तिम्रो बायाको शुलशुलैयामा मर्न तयार छु

माया:नदेखिने तर संसार जीवन/प्रतिको मोह
पहेली: नसुल्झिएको/सुल्झाउन मुस्किल
बाया: छातीको बाँया/देब्रे मुटु




गजल

३ शेर

हिजो सम्म पायल पड्काउने आज बुट घसारे
जिल्ला भर्मणका बिल भन्दै आज झुट पसारे

लुटको धन फुपुको श्राद्द ढुकुटि नै स्वाहा पार्दै  
हेर्नु औठा छापे मन्त्री बन्दै आज लुट मसारे

चेपारेहरु को हुलमा, छेपारेहरु बढ्दै गए हजुर
चोली खर्च बिटो गन्दै, आज सुट-बुट भसारे

Tuesday, March 25, 2014

गजल


देशको माया बोकी लाग्यौ बिदेश तिर
मनको आशु छोपी लाग्यौ बिदेश तिर

कोही पढ्न बिदेश,कोही त छाप्छु भन्दै
ब्याजको ऋण थापी भाग्यौ बिदेश तिर

सुनको चरो नोट कै रुख भन्ने सुनेर
पढेको फ्याकी कापी जाग्यौ बिदेश तिर

कतै केही कतै कस्तो देश्देशको कानुन
सुकेको छाती नापी नाग्यौ बिदेश तिर

हरायो शिर सगरमाथा कता गए गोर्खे
नेपाली हात थापी, माग्यौ बिदेश तिर



गजल

बिरक्त

खै के गर्ने हुन यीनले, सधैं चर्का चर्की
सन्सद होकी युद्द भुमी सधैं झर्का झर्की

एउटा टेबल ठोक्ने, अर्को झिक्ने बखेडा
भाग भोग भत्ता सत्ता सधैं मर्का मर्की

एउटै कसम बाचा एउटै, काम एउटै भने
सहमत भन्ने कतै छैन, सधैं कर्का कर्की

धर्म जात भन्दै फोर्यौ, तिम्रो के गयो र
त्यही भएर गार्हो पर्‍यो, सधैं तर्का तर्की

आशागर्नु गल्ती होकी कैले दिन्छौ कानुन
किन गर्छौ औलो ठड्याइ सधैं थर्का थर्की

तांका , हाइकु सिक्दै

१ 
मोहले मार्यो 
नजरले बाधेर 
मायाको गीत 
२ 
धन देखेर 
मन कुमारी आई
ज्यानै फालेर 
३ 
ऋण काटेर 
पि आर पर्खाइमा 
स्वदेश माया 
धुवा नै धुवा 
के जलेछ खै आज 
साथी हरायो 
हाइकु सिक्दै 
रिसानी माफ है त 
केबल पाच 

Monday, March 24, 2014

गजल





धार फरक तरवारको कटाइ कस्तो कस्तो
हार फरक दरवारको खटाइ कस्तो कस्तो

आँफै चोर आँफै पुलिस कानुन उनकै हातमा
मार फरक घरबारको घटाइ कस्तो कस्तो

त्यही घट्नलाई बन्दभन्दै आगो तापे शहरको
टार फरक कारबारको फटाइ कस्तो कस्तो

शिह उस्तै बाघ उस्तै माथि पुगे बिरालो उस्तै
कार फरक बारबारको सटाइ कस्तो कस्तो

दाहिनेले खाए देब्रेले खाए झुकी झुकी खाए
खार फरक जनवारको चटाइ कस्तो कस्तो

हार - पन्क्ती
टार- टार्नु
कार-गाडी
खार-स्वाद
---------------------
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल स्पेन

५ तांका र टिपन टापन


माया भन्छन
हवशको शिकार
बेकार आज
साँझमा ढोका बन्द
मायाकै नगरिमा
....................
सबैको चोला  
मरी जाने जीवन
हासेर बाच
तेरो मेरो के छ र
कि कसो साथीहरु ?
.......................
कसले भन्यो
कानुन बन्छ अरे
नेताको बोली
मलाई त लाग्दैन
तै पनि हेरुम है
......................
बनको राजा
एक छत्र रजाइ
कसले रोक्ने
बाठो खरायो कता
इनार भेटिएन
...............
बिरानो बस्ती
उनैको याद खाली
बिर्सन धौ भो
चिट्ठी चपेटा धेरै
आज जलाए साथी

मनको आगलाई बुझाउन बोत्तल फोर्दैछु म जुनको दागलाई मेटाउन, गजल कोर्दैछु म तनको आगलाई बुझाउन ओझल खोज्दैछु म मनको आगलाई सुझाउन बोत्तल खोज्दैछु म
.......................................................
सुटुक्क तिम्रो सपनीमा आउछु आज त चाडै निदाउ है कालु लुपुक्क तिम्रो कल्पनीमा छाउछु अब त चाडै निदाउ है कालु टोलाउछु एकछिन बोलाउछु सुस्तै नसुने गरी निदाउ है कालु  थुपुक्क तिम्रो ओछ्यौनीमा आउछु आज त चाडै निदाउ है कालु
.............................................................
चिनेर लाउ माया भन्छन निधारमा कस्को लेख्या छर बितेर जाला बैश भन्छन, दोधारमा कसले देख्या छर तिर्खा बेलाको मोही सोध, बैशको बेलामा मायालु अरे बितेर जाला जोवन त्यसै, मुहारमा कसले छेक्या छर
.....................
हुन्छ मात्र भन तिमी आधी बाटो लिन आम्ला जन्ती साथी अघी लाई साइ पाटो दिन आम्ला
..................................
कोल्टो फेरे मध्यरात रै´छ निदाउन सकिन ओल्टो फेरे झिस्मिसे रै´छ निदाउन सकिन उठी झ्यालबाट जुन पापी तारा निहाली रहे उज्यालो भए कै रैनछ निदाउन सकिन पिएकै थिए थोरै नशा मातले छाढिसक्यो परेला बन्द नै रैनछ निदाउन सकिन निस्पट बनाए खोली केही निदाउछुकी भनी कोल्टो फेरे निदै रैनछ, निदाउन सकिन बग्रेल्ती तनाव र उतार चडाव जिन्दगीका छातीमा निभे कै रैनछ निदाउन सकिन
पाप करायो धुरी बाट भन्छन मैले सुनिन
भाग्दैछु रातमा जाग्दैछु रातमा सक्छ्यौ देउ जवानी माग्दैछु रातमा
तिम्रै हो आफन्त लाग्दैछु रातमा उमेरको रापमा पाग्दैछु रातमा
21 minutes ago




नलेखु कि अब गजल खाली मायाका कुराहरु नगाउ कि गीत सरल जाली मायाका कुराहरु मन सँगै कलम चल्दा दुई,चार अक्षर कोरिरहे कबिता नै स्वदेश बल्दा फाली मायाका कुराहरु

Sunday, March 23, 2014

गजल




गजल

कोही बिर्सन पिए हिजो भएर दुखीमा पिए
सोध्दैछु आफुलाई आज कुन खुशीमा पिए

बाहाना धेरै छन मौषम होस् या साथी यहाँ
खोज्दै आफैलाई आज, कुन बेहोशिमा पिए

हल्का भन्दाभन्दै बोत्तल सँगै गोजी रित्तिएछ
रोज्दै मधुशाला आज, कुन मद्होशिमा पिए

प्यालामा पिलाउने छन नजरले पिलाउने छन
पोल्दै यो छाती आज कुन लीलाराशिमा पिए

उदाए अनी अस्ताए पनि जुन घाम आकाशमा
सोच्दै छु जुठो आज कुन प्यालाबाशिमा पिए

 









गजल



ताल हौ कि तलैया छुट्याउन सकिन आज
जुन हौ कि जुनेली छुट्याउन सकिन आज

निकैबेर टोलाइरहे, सुनौलो क्षितिज निहाल्दै
पर्ब हौ कि पर्वत, छुट्याउन सकिन आज

उड्न सकु चरी जस्तै, परी बनेर आकाशमा
दाग हौ कि देवाता, छुट्याउन सकिन आज

गजल अनी गीतमा तिमी, अक्षरहरुमा तिमी
भाव हौ कि भावना, छुट्याउन सकिन आज

थाक्दैन ¨श्री¨बयान तिम्रो गरेर यो जगतमा
कथा हौ कि कबिता, छुट्याउन सकिन आज





गजल

गजल

अनुत्तरित छन प्रश्न परिभाषा जीवनको
अनगिन्ती छन जश्न अभिलाषा जीवनको

दोधारे तलवार भन्छन मिठो सपना भन्छन
अनबिज्ञ कै छन धस्न परिभाषा जीवनको

जिउन नजान्नेहरु, पिउनु पर्छ भन्छन यहाँ
असम्भवी नै छन कश्न परिभाषा जीवनको

लब्धान्क पत्रहरुमा, राता गोलहरु अत्याधिक
अनुत्त्रिण मै छन फश्न परिभाषा जीवनको

असहज लाग्छन पाइला असफल नहुँदा नहुँदै
अस्वाभाविक छन पश्न परिभाषा जीवनको

मार्च २३,२०१४
स्पेन

Friday, March 21, 2014

गीत

गीत

सुटुक्क तिम्रो सपनीमा आउछु आज त चाडै निदाउ है कालु
लुपुक्क तिम्रो कल्पनीमा छाउछु अब त चाडै निदाउ है कालु

टोलाउछु एकछिन बोलाउछु सुस्तै नसुने गरी निदाउ है कालु
थुपुक्क तिम्रो ओछ्यौनीमा आउछु आज त चाडै निदाउ है कालु  

हिजो त राती परेन नी निन्द्रा फोन गर्दै भोली नभने है कालु
घुप्लुक्क तिम्रो निदबनी आउछु आज त चाडै निदाउ है कालु

21 de marzo, 2014

Wednesday, March 19, 2014

गजल

गजल

झुट बोलेर बाच्छन आँफै घुटपिएर बाच्छन
लुटे भन्दै मायामा आँफै लुटिएर बाँच्छन

बदनामी को भयो जमाना नै बदनामी छ
छुटे भन्दै मायामा आँफै छुटिएर बाँच्छन

क्षणिक मोहको सागरमा डुबुल्की मारेर
चुटे भन्दै मायामा आँफै चुटिएर बाँच्छन

शिकार खेल्न नजान्नेले बनभित्र नपस्नु नी
भुटे भन्दै मायामा आँफै भुटिएर बाँच्छन  

केके नै हो माया आँफै छटपटिएर बाँच्दै
चोइटाए भन्दै मायामा आँफै चोइटिएर बाँच्छन


गजल

यहाँ रहर जलाउदै छन......

मन जलेको कुरा नगर यहाँ शहर जलाउदै छन
तिम्रा हाम्रा नानीहरुको, यहाँ रहर जलाउदै छन

कहिल्यै ननिभ्ने आगो सल्काई जहाँ मान्छेहरु
शुसेल्दै रमितामा हेर्दै, यहाँ शहर जलाउदै छन

किन सल्काउदै शहर आगो ताप्दै छन मान्छेहरु
मरभुमी मा युवा देह, यहाँ शहर जलाउदै छन

कस्तो रोष हो कुन्नी धुवामा सफलता देख्नेहरु
महङ्गिको बिरोध भन्दै यहाँ शहर जलाउदै छन

गुडेको हैन बस सडकमा रोकेको बस पार्क भित्र
छर्कदै ¨महङ्गो¨पेट्रोल, यहाँ शहर जलाउदै छन

श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर



Friday, March 14, 2014

फाल्गुण पुर्णिमा को शुभकामना


Taken from buwa´s facebook status
फाल्गुण पुर्णिमा को शुभकामना 

टप टप टिपी रङ, ईन्द्र धनुशको आउ खेलौ फागु 
सब घर बिर्सी ईर्श्या मोह मनुशको आउ खेलौ फागु
मेघ बर्षा सब टरी गए हेर , शुक्लपक्ष फाल्गुणमा
बैरी भाब नलीई रती मनमा, रशको आउ खेलौ फागु

सिकौ बाडौ आत्मियता अङ्गालोमा साट्दै रङ्गहरु यीनै
माधुर्य शिर्शिर बसन्त बिहानी पखको आउ खेलौ फागु
जात धर्म बर्ग सब छाडी हातमा लिएर रङ्ग होलिको
फाटी कुहिरो यो जग उज्यालो बखको आउ खेलौ फागु

बस्त्र शिर सब सिन्च तिनै रङ्गले हेरेर दङ्ग होलीको
एक एक रङ दल ललाटमा, भाङ बाडेर प्रसाद होलीको
साँझ दहन होलिका चौरमा, सोर्ही घसेटा तिल तोरिका
बेला यही ईस्ट कमाउने,सफा चित्त फ्याकेर फोहोरिका

Thursday, March 13, 2014

गजल



धर्ती कोरी मोती छरे, म नै दलित अरे
ढुङ्गा फोरी ज्योति छरे म नै दलित अरे

तिम्ले फेर्ने मैले फेर्ने, गाउको हावा एउटै
लग्दा चोरी आफु मरे, म नै दलित अरे

न त अक्षर चिने मैले, न त ज्ञानै पाए
फाडी खोरी गास भरे, म नै दलित अरे

विश्वाश छैन हजुर लाई चितौने नै हुँ म
तिमी गोरी  काले परे, म नै दलित अरे

अधिकार खै त मलाई शिक्षा सामन्ती कै
बाच्छु मोरी खैत बरै, म नै दलित अरे



गजल निमन्त्रणा ..

निमन्त्रणा !!!

घुलौन, रङगोली मा आउ हात दिदैछु म 
डुलौन, यो होलिमा आउ साथ दिदैछु म

भुलौन आज केहीबेर फाल्गुन मधुमाशमा
फुलै फुलको डोलिमा आउ रात दिदैछु म

फुलौन बषन्त बगानमा, बेली तुलिप झै
माधुर्य त्यो बोलिमा आउ बात दिदैछु म

झुलौन बाल सखी जस्तै झुली लहराहरुमा
फुलबुट्टे त्यो चोलिमा आउ पात दिदैछु म

उडौन माथि माथि गगनमा खुलेर चरी झै
स्वागत छ खोलिमा आउ, साथ दिदैछु म
;::,:;.;.;.
श्रीभक्त पौडेल ¨आफन्त¨
२०७० फाल्गुन २९ बिहीवार
प रामपुर चितवन
हाल स्पेन

Wednesday, March 12, 2014

गीत

टिप्न पाए यो जुन आज जुनकै गीत गाउथे 
भेट्न पाए यो जुन आज जुनकै मित लाउथे 

फाटे पनि हुन्थ्यो बादल बतासैले लगे हुन्थ्यो 
भेट्न पाए यो जुन आज, जुनकै प्रित लाउथे 

सधैं हेरी टोलाउने जुन बोलाउन नजिक आज  
भेट्न पाए यो जुन आज जुनकै टिका लाउथे 

मेट्न पाए दुरी उस्को मेरो, हत्केलामा राख्थे 
भेट्न पाए यो जुन आज, जुनकै गीत गाउथे


गजल

अतित भनेर भएन साथी बिर्सन धौ भो
महिना गनेर भएन साथी बिर्सन धौ भो

याद भन्ने यस्तै रैछ तड्पाउन नै आउने
खाडल खनेर भएन साथी बिर्सन धौ भो

तस्बिर चिठ्ठी च्याते मनमा रह्यौ आखिर
देह यो जलेर भएन साथी बिर्सन धौ भो

कस्तो खोटो चिप्काइ दियौ उप्काउन गार्हो
नाटक गरेर भएन साथी, बिर्सन धौ भो

तिम्रै आफन्त तिम्रै श्री तिम्रै भक्त थिए
तीदिन सम्झेर भएन साथी बिर्सन धौ भो

Tuesday, March 11, 2014

गजल

सजिलो छैन बाँच्न एक घर चाहिन्छ
धुरी खाम्बो गाडेर  एक भर चाहिन्छ

बर्षा हुरी धुप जिन्दगीका यीनै पाटाहरु
छानो छाउन भारी  एक खर चाहिन्छ

ढुङ्गा माटोको गार्हो लिप पोत गरेपनी
हर ढाक्न भने´नी, एक धर चाहिन्छ

पापी पेटले हान्छ लात हातमुख जोर्न
करेशा अघिल्तिर, एक धर चाहिन्छ

बेबारिशे र बतासे भनेको चित्त बुझ्दैन
त्यसैले यहाँ बाँच्न, एक थर चाहिन्छ

धर - कपडा
धर - जमिन

Sunday, March 9, 2014

गजल

माया को शहरमा मायाकै नलगाउ धाक 
छाया को शरणमा छायाकै नलगाउ धाक

कसले´पो चिनेको छैनर आज तिमीलाई 
बगल मै छु तिम्रो दाँयाकै नलगाउ धाक

रवाफ फरक छन् , जवाफ फरक छन् 
परछैन म तिम्रो सायाकै नलगाउ धाक

हिजो कहाँ थियौ आफ्नो धरातल बिर्सिएर 
सुन सजिलै आफ्नै मायाकै नलगाउ धाक

पारदर्शी छ यो दुनियाँ चुकुल लाए पनि 
अन्जान तिमी दाँयाबाँयाकै नलगाउ धाक

२०७० फाल्गुन २५ आईतवार, 
स्पेन 


Monday, March 3, 2014

गीत

गीत

तिम्रो रुपको बयानमा कलम मेरो दौडिरहेछ
त्यही गजलमा सपना मेरा संसँगै पौडिरहेछ

रुप रङ मुहार मेरो नहेर लाज लागि रहेछ
त्यही लाजले आज सारा संसार जली रहेछ

जल्नदेउ न जल्नेहरु तिमी मेरी मनकी रानी
मनको राज दरबार तिम्रोनै लागि सजी रहेछ

अं मिठो फटाहा बोलने नदेखाउ न सपनाहरु
अन्जान यो दिल किन हो अल्ली डराइ रहेछ

बाचा खान्छु तिम्रो शिरको कसम भाकी रहेछु
त्यही कसममा सपना सबै संसँगै सजाइ रहेछु  

Sunday, March 2, 2014

बेइमानी श्री

बेइमानी श्री

मध्यान्ह आकाशको बादल बेइमानी
सुन्दर ती मुहारको गाजल बेइमानी 

शहरमा अती राम्रा चरी बेइमानी
चरिलाई भिजाएको झरी बेइमानी

शहरीया श्रींगारकै रङ्ग बेइमानी
भिज्दा रंगहरुमा अङ्ग बेइमानी

बैशालु जोवनको तन नै बेइमानी
बेइमानी¨श्री¨को मन नै बेइमानी

हैसियत : गजल



हजुरहरुको माहोलमा के हैसियत देखाउं म
गरीबहरुको महलमा के कैफियत देखाउं म

अनिस्ट हुन्छ भन्छन मैले बाटो काट्दाखेरी
घनिस्टत कोही छैनन के खैरियत देखाउं म

हस हजुर भैहाल्छ नि आफ्नो त बानी यस्तै
धोका धडी सङ्गोलमा, के नशियत देखाउं म

बोल्नेको पिठो.... नबोल्नेको चामल भन्छन
यस्तै छ कोलाहल यहाँ के मशियत देखाउं म

खुला आकाश छानो मेरो शब्दै ¨श्रीका¨संसार
लालपुर्जा र घर धुरिको,के बशियत देखाउं म

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...