Saturday, March 28, 2015

गीत मजा बेग्लै

जब गीतमा शब्द तिम्रा
हर शब्दमा मजा बेग्लै
ओठ टोकेर, ईशारा´मा
तिमीले दिने सजा बेग्लै

पिडाहरु नै मिठा लाग्छन्
यो पिरतीको, बेथा बेग्लै
कसले लेख्ने पढ्ने को हो
यो कहानीको कथा बेग्लै

यी रङ्गहरु, फिका लागे
सृङ्गार अनि अदा बेग्लै
ति नजरमा, मन बस्यो
हेराइ किन, सदा बेग्लै

आज गीतमा भाका तिम्रो
लौ सङ्गीतको ताल बेग्लै
बारुली कम्मर्, लच्काउदै
भुतुक्कै पार्ने, चाल बेग्लै
---------------
रही बांचेका यी, पलपल तिम्रा हुन् 
बादलु´का घेरा, मखमल तिम्रा हुन्  

रुमानी तिम्रै हुन्, बहरका हरफ्´नी 
कबीता भित्रका,ती गजल तिम्रा हुन्

चाहिंदैन बषन्त्, सिसिर बहार पनि 
चिसा झरनाका, कलकल तिम्रा हुन्

३ शेर जनै चुंडिएपछि

के भो के भो आज् मनै कुंडिएपछि
के पो हुने हो लौ, जनै चुंडिएपछि

न देखेजस्तो, न सोचेजस्तो यहाँ
कुंडो नै भयो यो, झनै खुंडिएपछि

प्यारो लाग्छ नी, सबको जिन्दगानी
श्वास लहरो´मा, तनै झुंडिएपछि

Monday, March 23, 2015

गजल दापमा छु साथी

पग्लदै छु म हेर, तापमा छु साथी
आगो नदेखिने यो, रापमा छु साथी

पस्चाताप´को पिडा, सहने´ले बुझ्छ
सूनामी र आँधिको, चापमा छु साथी

निस्कुं आज कसोरी, कसले सुन्छ यां
दुनियाँ´को दल दल्, ढापमा छु साथी

दौडको घोडा थिएं, लामो थियो यात्रा
लगाम् छैन हातमा, टापमा छु साथी

निकाल मलाई लौ, चलाऊ ए साथी
¨दो धारे तरवार¨, दापमा छु साथी
----
२३ मार्च,२०१५,सोमबार
२३:५० 

Sunday, March 22, 2015

राम बनाउनु छ

प्रेम प्रकाश पौडेल 
फेसबुक बाट 

आफ्नै घर आँगन, धाम बनाउनु छ
ढुङ्गा यिनै चट्टान, राम बनाउनु छ

खोज्दिन म ढलौट, पत्थर खोपे हुन्छ
भगवान´ले पढ्ने, नाम बनाउनु छ

आँगन् छाडि परदेश्, यात्री धाउन थाले
भोलि नै फर्कनेको, लाम बनाउनु छ

लौ अंधेरोले ढाक्यो, गाउँबस्ती शहर
साँझ न´अस्ताउने, घाम बनाउनु छ

पूजारी चोर् निस्के, पुरानो मन्दिरमा
समाउने कानुन, आम बनाउनु छ

Saturday, March 21, 2015

खै कहाँ पोखिएछ मेरा बैंशहरु

पोल्टोभरी यौवन र बैंश सम्हालेर
शहर पसेको थिए
खै कहाँ पोखिएछ
मेरा बैंशहरु
मेरा यौवनहरु
जतन गरी मजेत्रोले पनि बांधेको थिएं
तर सुइँको सम्म पाईन मैले
कुन बखत गाँठो खोलेछन्
शहरीयाहरुले,,
आज आफ्नै चाउरिएका गाला
आँखामुनिका काला डोबहरुले जिस्काउंदा पो चाल पाएं
फर्केर थानकोट सम्म पुगें
धुलिखेल र शिवपुरी अनि
चौतारा र लाकुरी भञ्ज्याङ
तर अहं कहाँ हराएछ मेरा
कोमल बैंश र यौवनहरु,
सायद, जुनबेला
म मा मादकता भरिएको थियो
त्यही उन्माद र उन्मुक्तताले
पोख्यो होला, पोखियो होला
आज खोजेर कहाँ भेट्नु मैले?
जुन बेला
धमिला भद्दा गुलाबी बत्तिहरु मुनी
संसार जितेको थिएं,शान जितेको थिएं
महारानी भएर राजधानीमा बांच्दा
गाउँ बिर्सिएको थिएं
सायद त्यही बेला
मेरा बैंश निख्रिएका पो थिए कि?
के थाहा अन्धो जवानीमा
कथित प्रेमका प्यालाहरु रित्तिएका पलहरुमा
तिनै महाराजाहरुले फुत्काए कि?
के थाहा आज म यती चांडै
रित्तिन्छु भन्ने? सिद्धिन्छु भन्ने?
जानेको भए बुझेको भए
मेरा बैंशालुमनहरु
अलिकती परेलिमा,
अलिकती मन भित्रै कतै लुकाएर राख्थें
जो आज यो एकांकिले खाइरहेको बेलामा
छाती भरी फिंजाएर रुन्थें,,

खै आखिर दोश शहरको हो कि
मेरा रहरहरुको हो,
आज म निख्रिएको छु
सिद्धिएको छु
यस्तो लाग्छ मलाई मेरै
जवानी र बैंशले सिद्धाएको हो। 

Thursday, March 19, 2015

अमुक छ जुलुश

प्रेम प्रकाश पौडेल 
रामपुर चितवन 
अमुक छ जुलुश
अमुक छौं हामी
जहां हराएको छौं हामी
अनबिज्ञ छौं हामी,
नाराहरु सँग
झन्डा बोकाइएका छौं
केही जिन्दाबाद र मुर्दाबादका
नारा घोकाइएका छौं
अभियन्ताहरु अगाडि छैनन्
धेरै माथि छन्, राजाधानिमा
हामी त गुलेलिका मट्याङ्रा मात्र
कतै फोर्न पुग्छौ, कतै तोड्न,
भोलि भोटोको अभिलाषामा
आज भाटा र घोचा बोकेका छौं,
क्रान्ति हो रे यो,
सामन्तिहरुले घुँडा टेक्नेछन् रे भोलि
पर्सी हामी हाम्रो पहिचान
एेनामा होइन आङ्गनमा भेटिन्छन् रे,
कैयौ टुकडीहरुले बनेको यो भिड
शक्ती हो रे परिवर्तनको
जहाँ परेड खेल्दैछौं हामी,
राता कफनहरु बांधेर,
रक्तिम बिगुलमा मुठ्ठिहरु कंसेर,
२१औं सताब्दिको अन्तिम छलाङ
रोग भोक र शोकको अन्त्यस्टी हो रे।
तर हामी हराएका छौं
गुमराहमा राखिएको छ
थाहा छैन, जुलुश कता जाँदैछ?
सुकिला बुढा गोरुहरु मियो छोडे पछी
दाइँमा दगुराइएका गोरु भएका छौं
हाम्रै पुच्छर निमोठिन्छ,
हामी माथि नै लाठी बर्सिन्छन्।
अमुक छौं हामी
अमुक छ जुलुश। 

जल्दैन आगो´ले, नपोल साथी

ब्यर्थै मनमा बिष, नघोल साथी
भेट-घाटमा मात्र, नबोल साथी

मित्रता त आखिर, अटुट रहेछ
यो दौलतमा बिन्ती, नतौल साथी

पिरामीड बनाउ, सुख् दुखको अब्
गुनासाका यी पोका, नखोल साथी

लड्नेछ ढल्नेछ यो, सम्बन्ध भन्ने
स-साना पत्थर´ले, नटोल साथी

जल्ने छ संसार्, इर्श्याको झिल्काले
जल्दैन आगो´ले, नपोल साथी 

त्यही एक हांसो

त्यही एक हांसो, काफी भो सानु
जहाँ लाखौं गल्ती, माफी भो सानु

डिल´मा बसेर, दिलमा राज् गर्यौ
पुरानो याद जो, साथी भो सानु

चोरेको थिएँ त्यो, चालै पाइनौ
फर्काउँ कसोरी, बाँकी भो सानु

रातमा सपना, दिन् त घामको
प्रहर् प्रहरमा, नापी भो सानु                                                                  
त्यही एक हांसो, काफी भो सानु
जहाँ लाखौं गल्ती, माफी भो सानु

सुन्दर बिहानी हो

सुन्नुस्! सुनाउदैछु, मेरो राम कहानी हो
कांडा अनि पत्थर, बिचको जिन्दगानी हो

राजा हुँ यो राज्यको, शासन चलाउंछु म
जहाँ छ डेरा मेरो, देशको राजधानी हो  

गोला बारुद् होइन, गजलले प्रहार् गर्छु
प्रित मेरो पोल्टोमा, सायद साबधानी हो

रात् चाहिंदैन अब, जून तारा पराई छन्
आफ्नो भन्नु केवल, सुन्दर बिहानी हो

सपना अनेक् छन, हजुर यो ¨आफन्तका¨
खुला चाहे बन्द् आँखा, यही मनोमानी हो

Wednesday, March 18, 2015

केही मुक्तक

जनता आजित, कानुन पारित भएन
बिधी बिधानमा केही आधारित भएन
रामराज्यको सपना मत्स्यन्यायले जित्यो
कतै लोकतन्त्र आँफैमा पराजित भएन??
----------------
न जिन्दगी न भाग्य, दोश कसको छ
ए! नशामा बांच्नेहरु, होश कसको छ
हतारमा देखिन्छौ, आखिर जिन्दगीमा
खोलीदेखि घाटसम्म, कोश कसको छ ????
-----------------
दुख्यो भन्नेको चोट देखिन
आँफैमा कुनै, खोट देखिन
गूड्दै थियो उल्टो जिन्दगी
अड्याउने खै ओट देखिन!!
 apple pie// choco pie with my cutie pie 
----------------
बदामी नयनले, बेईमानी गरायो
भो, म कहिल्यै कबिता लेख्दिन
पिउने बानिले, बदनामी गरायो
उन्को आँगनमा आईन्दा टेक्दिन।।(FB)
---------
जुनेली लाई के थाहा, दाग छ भनेर
यो जमिनमा उसैको, माग छ भनेर
फुर्सद यहाँ कस्लाई? ब्यस्तको नाटक
सुन्दैछु बोलिमा उस्को आग छ भनेर
------------
झुट के हो अझै जान्दिन म
आँखाले देखेको मान्दिन म
नारी नै यहाँ तड्पिन्छन् भने
त्यो भगवान् ठुलो ठान्दिन म !!
-------------
न पिएरै बेहोशीमा, नजरको मात कस्तो
हेरी रहें ईशारामा, नजरको बात कस्तो
जूनतारा आकाशको, धर्तिमा उन्लाई पाएं
दुई पाइला सङ्संगै, नजरको साथ कस्तो
-----------------

कौवा अनि बिहानी


प्रेम प्रकाश पौडेल 
-------------
ए! नकराओ काला कौवाहरु
धारा, बकैनाका ठुटाहरुमा बसेर
चैतका मधुर बिहानीहरुमा 
मन अमिलो बनेर आउछ,
धमिला हुँदै गएका नजरहरुले
ढुङ्गा पनि त हान्न सक्दिन,
के दोश छन् तिम्रा का!!का!!हरुको
तै पनि,
नकराओ न ए काला कौवाहरु
दुब्लाएका पराले टौवाहरुमा बसेर
परदेशीएकाहरुले भुलेको बेला
लटरम्म लाली-गुराँश फूलेको बेला
तिम्रा बिरशिला का!!का!!हरुले
न कुनै सु-सन्देश ल्याउंछन्
न कुनै सु-समाचार नै,
याद र सम्झनाका पंधेराहरुमा
हरेक बिहान मुख धुंदा
नरमाइलो लाग्छ,तिम्रा आवाजहरु,
जाओ, परपर जाओ
आउनु पर्दैन मेरा घर आङ्गनमा
चिमोट्न र चिथोर्न मलाई
घाइते छु म, उसै पनि।
खुशी छु म
अनेकौं अणु-स्मृतिमा भने
तिम्रा रङ्ग जस्तै आवाजहरुले
नबिथोल मलाई,
चैतका मधुर बिहानीहरुमा,
चिसा पिंढिहरुमा,
चियाका कपहरुले
जिस्काएका हुन्छन्
काखमा,हाक्कामा, खाटमा
रमाउने अनुहारहरु
टाढिएका बेला,
उसै बेला तिम्रा आवाजहरुले झनै
छाती दुखाएर ल्याउंछन् ,
त्यसैले,
ए काला कौवाहरु नकराओ न
मेरा घर आङ्गन गोठ र टौवाहरुमा बसेर
चैतका मधुर सितल बिहानीहरुमा,
-------------
४ चैत,२०७१
बुधवार
रामपुर चितवन

Tuesday, March 17, 2015

गुनासो पुरानै

गुनासो छ केही उनी सँग
पुरानो नासो पनि त छ
पराईको अंगालोमा उनी
मलाई चासो पनि त छ

बिर्सियौ कि भन्ने मेरो, गुनासो पुरानै
एक्लै छ्यौ कि अंगालोमा, चासो पुरानै

हांस्थ्यौ, हसाउंथ्यौ, नछोएरै काउकुती
मन्द मुस्कानको, मिठो, हासो पुरानै

फुटेको छैन, हराएको छैन ति यादहरु
यो मनमा छ, सम्झनाको नासो पुरानै

नछुट्ने रहेछ लहर, पुराना यादहरुको
बाटिएछ पिरतीको कस्तो पासो पुरानै

Wednesday, March 11, 2015

गजल

.,.,.,.,.,
कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरि
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरि ।
,,
कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरि ।
,,
हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरि ।
,,
समिकरण यो जीवनको, नमिलेको देख्दा आज 
चट्टान नै लाग्छ जीवन, घर्किएको देख्दाखेरि ।
,,
गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।
-------------
- डिसेम्बर ६, २०१३ शुक्रबार, स्पेन ७:४५
- २६ जनवरी २०१४ पल्लवमा प्रकाशित्

गीत:सम्झनाका आँचल पनि

सुन्यसुन्य सुन्य भयो, आजभोलि आँगन पनि
बिना रङ्ग बेरङ्ग भो, यो सालको फागून पनि

चक्रपात्को बज्रपात् ले, छिया छिया छाती हुँदा
सितल् दिने बतासले, उडाइ लग्यो बादल् पनि

क्षितिजको उजेलिले, मनै भरी उमङ्ग छाउंछ
बिरषीलो घन्काई भो, आज किन मादल पनि

परदेशीले भुल्यो क्यार्, सृङ्गार्´नी अधुरै रहे
हेरी दिने कोही छैन, परेलिका गाजल पनि

बादलु झैं फाट्न लागे, उन्कामेरा सम्बन्धहरु
खाली थिए खाली रहे,सम्झनाका आँचल पनि 

Tuesday, March 10, 2015

जुनीजुनी जुनी सम्म


नसम्हालेका केश राशी बादलु झै लाग्छन् मलाई
बिना सृङ्गार नयनहरु गाजलु झै लाग्छन् मलाई

बिहानी´को सिर्सिरे´मा पारीजातको शुवाश जस्तो
सँग सँगै पाईला चल्दा मादलु झै लाग्छन् मलाई

जीवन सङ्गिनीका साथहरु जुनीजुनी जुनी सम्म
थर्थराएका यि ओठहरु नशालु झै लाग्छन् मलाई

लाली चड्दा हिम शिखरमा टिपुं लाग्ने गुराश ती
स्पर्शमा ढुकढुकी पनि लजालु झै लाग्छन् मलाई

सुख दुख यो जिन्दगीमा आउनेजाने छाल जस्तै
रिसाउंदा मुहार झनै, मायालु झै लाग्छन् मलाई

A birth day dedication to my beloved wife !

Monday, March 9, 2015

हराएका सपनाहरु

हराएका छन्, यहिं कतै
मेरा निर्दोश सपनाहरु
कतै सागरका लहरहरुमा
करै रहरका शहरहरुमा
मरेका त अझै छैनन्
भरोशाको खम्बाहरु मजबुत् छन्।

तै पनि धमिलिएका छन्
शुभ बिहानीका प्रहरहरुमा।
तारा झैं छरिएका थिए
निला गगनमा, टिलपिल टिल्पिल
हेर्दा हेर्दै मधुरिएका छन्
सांघुरिएका छन्,
पर्वतिय डगरहरुमा।

बेजोड मेरा सपनाहरु
कतै कठाङ्ग्रिए, कतै पग्लिए
रेगिस्तानी नगरहरुमा।
निर्दोश मेरा सपनाहरु
शरदका जून झैं हांसेका थिए
बषन्तका फूल झैं फक्रिएका थिए
परन्तु, हिजोआज
डराएका छन्,थर्थराएका छन्
अग्रिम सूनामीका हल्लाहरुले झैं
यहाँका हरेक नजरहरुमा।

थाहा थिएन मलाई
यहाँ सपनाहरु बिक्दा रहेछन्
बेचिंदा रहेछन्
लिलाम् बढाबढको सुचना बिनै
त्यही सपनाका बजारहरुमा।
सायद, त्यसैले
गुमनाम छन् मेरा सपनाहरु
बद्नाम छन् मेरा सपनाहरु
भबितब्यका जहरहरुमा।

हराएका छन्
मेरा निर्दोश सपनाहरु
यहिं कतै
सागरका लहरहरुमा
कतै रहरका शहरहरुमा,,

----
सोमबार
९ मार्च,२०१५,
१२:०४ बिहान
स्पेन

डाम्नाहरु: गजल जस्तै

बागडोर चाहिएको छ, भगुवाहरुलाई नै
लुजमोसन भएको छ, अगुवाहरुलाई नै

निम्ता भए भो, श्राद्ध होस् कि तेर्ह दिने
नशाले कहिल्यै पुग्दैन, मतुवाहरुलाई नै

भत्ता टिएडिए तलब, खाजा खर्च सरकारी
पेट्रोल् पिउनु पर्छ अझै, भतुवाहरुलाई नै

निर्लज्ज छन् कट्टुले नाक, ढाकेका डाम्नाहरु
ज्यानको खतरा छ उनै, फूकुवाहरुलाई नै

घरमा चोर पस्दा मस्त, कुइंकुइं पनि छैन
छिमेक´मा दौडनु पर्ने, भुकुवाहरुलाई नै

Sunday, March 8, 2015

जब सम्म

प्रेम प्रकाश पौडेल 
---
त्यो ¨बस्तु¨को मोल मोलाई चलिरहन्छ
त्यो ¨बस्तु¨ ¨साधन¨ सिवाय केही हुँदैन
नभिराए हुन्छ स्वतन्त्रताका बिल्लाहरु।
अघोशित खुला बजारमा भेटिने बस्तुहरुमा
राम्रो नराम्रो गुणस्तरीय छाप लाग्छन् भने
बन्द गर कथित अधिकारका मुद्धाहरु पनि
हर दिन जिउंदै जल्नेहरु
जब सम्म
जलाउनेको नै पोल्टोमा सिद्धिन्छन्न भने
के अर्थ छ र बिद्रोही झिल्काहरुको,
त्यसैले बन्द गर ति खुला बजारहरु
खुला गर समानान्तर मैदानहरु,जहा
ति बस्तु जिवित भएर जिउन सकुन।

सन्किर्णताको जरो उखल्ने भन्दा
गोड्ने, जिलाउनेहरु धेरै भएपछी
झ्याङ्ग नमौलाए के हुन्छ त?
नतोक अधिकारका नाममा
सिमित परीधिहरु,किन की
चुला-चौका, दैला-ठेला भन्दा
कुन्ठित छन् तिम्रा
प्रतिसत् र आरक्षण कोटाहरु।

पिन्जडा भित्र स्वतन्त्रताका गीत
नलेख ए कबिहरु
उंड्न चाहन्छन् सेता परेवाहरु,
मसी र अक्षरहरुले रङ्ग्याएको
क्षितिज भन्दा पर छन्
गन्तब्यहरु।।

२४ फाल्गुन,२०७१
आईतवार,
रामपुर चितवन


Tuesday, March 3, 2015

रङ्गका लहर आए

प्रेम प्रकाश पौडेल 
रामपुर, चितवन
--------------------
¨फागु¨का सागरमा हेर्नु, रङ्गका लहर आए 
दल्दै राता पहेंला निला, दङ्गका लहर आए 

बाषन्ती मन्जरीमा यहाँ, कोइली ती रमाउंदै 
भिजाउदै चोली मुहार्, उमङ्गका लहर आए 

बुढ्यौलीले त छोएजस्तो, लाग्दैन है मित्रहरु 
मिठो लाग्ने पुर्णिमा कै, मङ्गका लहर आए 

भुलेर सारा अतित ती, मिलनका फुलबारिमा 
खेलन आङ्गनीमा, साथी सङ्गका लहर आए 

आउ खेलौँ बाढौँ खुशी, संस्कार् अात्मियताको 
अनेकौं रङ्ग सङ्सँगै, रस-रङ्गका लहर आए 
----
मङ्ग (बासना) 

मेरा सम्पूर्ण इस्टमित्रहरु, साथीहरु, विध्यार्थीहरु लाई फागु-पुर्णिमा को अग्रिम शुभकामना 

Monday, March 2, 2015

भेट्छौ साथी

खोज मेरा कबितामा,¨देश¨ भेट्छौ साथी
पशुपतीले जोगाएको, अबसेश भेट्छौ साथी

खन्डहर र मैदान, बन्दै गयो देश प्यारा
बेनी र बांदरमुढेका, भग्नावेश भेट्छौ साथी

सिद्धाएर अस्तित्व आफ्नै,पहिचान खोज्दैछन्
खुलामन्च,बानेश्वरको, परिबेश भेट्छौ साथी

बोक्नु छैन बन्दुक अब खेल्नु छैन परेड पनि
बन्दुक छाड्ने युवाहरु, परदेश भेट्छौ साथी

रोश छ आक्रोश छ दबिएका मुट्ठीहरु हाम्रा
बेरोजगारीमा भौंतारिंदा ठेश भेट्छौ साथी   

फागु पुर्णिमाको शुभकामना

सौहाद्रता´का रङ्ग´हरुमा, घुलौं साथी आज 
आत्मियताको अङ्गालोमा, भुलौं साथी आज 

सप्तरङ्ग ती इन्द्रेणीका, टिपेर जिन्दगीमा 
रङ्ग´हरुको बगैन्चामा, फुलौं साथी आज 

फागुन´को मदहोशी, बषन्तको पालुवामा   
जुनेली छ आङ्गनीमा, झुलौं साथी आज

लोभ डाह इर्श्या मोह, होलिका´सँ जलाएर् 
पुर्णिमाको यी रोषनीमा, डुलौं साथी आज 

भागी भागी रङ्ग खेलौं, सुन्दर् दुनियाँमा 
रङ्ग´हरुकै माधुर्यतामा, खुलौं साथी आज   

सौहाद्रता´का रङ्ग´हरुमा, घुलौं साथी आज 
आत्मियताको अङ्गालोमा, भुलौं साथी आज 

भावनाहरु

लहर समाउने कि
किनारा पछ्याउने
दोधारमा छु म,
शहर भित्रको सानो
देउता मन्छ्याउने
ओढारमा छु म।
----------
चाहनाहरुका तिलान्जली
बाध्यताका बगरहरुमा
पाप र अपराध बिनै
अध्यात्मका डगरहरुमा।
-----------
बनको आगो निभे पनि
मनको आगोले पोलिरा´छ
कथा बेथा खबरहरु मेरा
चुन्डेको धागोले बोलीरा´छ
------------
समय सापेक्ष हुँदै भएन
घडीका सुइ उल्टा चले
चन्द्र सुर्य ताराका छल
मिनमा राहु उल्का चले

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...