Sunday, March 22, 2015

राम बनाउनु छ

प्रेम प्रकाश पौडेल 
फेसबुक बाट 

आफ्नै घर आँगन, धाम बनाउनु छ
ढुङ्गा यिनै चट्टान, राम बनाउनु छ

खोज्दिन म ढलौट, पत्थर खोपे हुन्छ
भगवान´ले पढ्ने, नाम बनाउनु छ

आँगन् छाडि परदेश्, यात्री धाउन थाले
भोलि नै फर्कनेको, लाम बनाउनु छ

लौ अंधेरोले ढाक्यो, गाउँबस्ती शहर
साँझ न´अस्ताउने, घाम बनाउनु छ

पूजारी चोर् निस्के, पुरानो मन्दिरमा
समाउने कानुन, आम बनाउनु छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...