Wednesday, March 11, 2015

गजल

.,.,.,.,.,
कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरि
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरि ।
,,
कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरि ।
,,
हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरि ।
,,
समिकरण यो जीवनको, नमिलेको देख्दा आज 
चट्टान नै लाग्छ जीवन, घर्किएको देख्दाखेरि ।
,,
गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।
-------------
- डिसेम्बर ६, २०१३ शुक्रबार, स्पेन ७:४५
- २६ जनवरी २०१४ पल्लवमा प्रकाशित्

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...