Monday, March 23, 2015

गजल दापमा छु साथी

पग्लदै छु म हेर, तापमा छु साथी
आगो नदेखिने यो, रापमा छु साथी

पस्चाताप´को पिडा, सहने´ले बुझ्छ
सूनामी र आँधिको, चापमा छु साथी

निस्कुं आज कसोरी, कसले सुन्छ यां
दुनियाँ´को दल दल्, ढापमा छु साथी

दौडको घोडा थिएं, लामो थियो यात्रा
लगाम् छैन हातमा, टापमा छु साथी

निकाल मलाई लौ, चलाऊ ए साथी
¨दो धारे तरवार¨, दापमा छु साथी
----
२३ मार्च,२०१५,सोमबार
२३:५० 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...