Sunday, March 8, 2015

जब सम्म

प्रेम प्रकाश पौडेल 
---
त्यो ¨बस्तु¨को मोल मोलाई चलिरहन्छ
त्यो ¨बस्तु¨ ¨साधन¨ सिवाय केही हुँदैन
नभिराए हुन्छ स्वतन्त्रताका बिल्लाहरु।
अघोशित खुला बजारमा भेटिने बस्तुहरुमा
राम्रो नराम्रो गुणस्तरीय छाप लाग्छन् भने
बन्द गर कथित अधिकारका मुद्धाहरु पनि
हर दिन जिउंदै जल्नेहरु
जब सम्म
जलाउनेको नै पोल्टोमा सिद्धिन्छन्न भने
के अर्थ छ र बिद्रोही झिल्काहरुको,
त्यसैले बन्द गर ति खुला बजारहरु
खुला गर समानान्तर मैदानहरु,जहा
ति बस्तु जिवित भएर जिउन सकुन।

सन्किर्णताको जरो उखल्ने भन्दा
गोड्ने, जिलाउनेहरु धेरै भएपछी
झ्याङ्ग नमौलाए के हुन्छ त?
नतोक अधिकारका नाममा
सिमित परीधिहरु,किन की
चुला-चौका, दैला-ठेला भन्दा
कुन्ठित छन् तिम्रा
प्रतिसत् र आरक्षण कोटाहरु।

पिन्जडा भित्र स्वतन्त्रताका गीत
नलेख ए कबिहरु
उंड्न चाहन्छन् सेता परेवाहरु,
मसी र अक्षरहरुले रङ्ग्याएको
क्षितिज भन्दा पर छन्
गन्तब्यहरु।।

२४ फाल्गुन,२०७१
आईतवार,
रामपुर चितवन


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...