
ब्यर्थै मनमा बिष, नघोल साथी
भेट-घाटमा मात्र, नबोल साथी
मित्रता त आखिर, अटुट रहेछ
यो दौलतमा बिन्ती, नतौल साथी
पिरामीड बनाउ, सुख् दुखको अब्
गुनासाका यी पोका, नखोल साथी
लड्नेछ ढल्नेछ यो, सम्बन्ध भन्ने
स-साना पत्थर´ले, नटोल साथी
जल्ने छ संसार्, इर्श्याको झिल्काले
जल्दैन आगो´ले, नपोल साथी
No comments:
Post a Comment