Tuesday, March 17, 2015

गुनासो पुरानै

गुनासो छ केही उनी सँग
पुरानो नासो पनि त छ
पराईको अंगालोमा उनी
मलाई चासो पनि त छ

बिर्सियौ कि भन्ने मेरो, गुनासो पुरानै
एक्लै छ्यौ कि अंगालोमा, चासो पुरानै

हांस्थ्यौ, हसाउंथ्यौ, नछोएरै काउकुती
मन्द मुस्कानको, मिठो, हासो पुरानै

फुटेको छैन, हराएको छैन ति यादहरु
यो मनमा छ, सम्झनाको नासो पुरानै

नछुट्ने रहेछ लहर, पुराना यादहरुको
बाटिएछ पिरतीको कस्तो पासो पुरानै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...