Monday, March 2, 2015

भावनाहरु

लहर समाउने कि
किनारा पछ्याउने
दोधारमा छु म,
शहर भित्रको सानो
देउता मन्छ्याउने
ओढारमा छु म।
----------
चाहनाहरुका तिलान्जली
बाध्यताका बगरहरुमा
पाप र अपराध बिनै
अध्यात्मका डगरहरुमा।
-----------
बनको आगो निभे पनि
मनको आगोले पोलिरा´छ
कथा बेथा खबरहरु मेरा
चुन्डेको धागोले बोलीरा´छ
------------
समय सापेक्ष हुँदै भएन
घडीका सुइ उल्टा चले
चन्द्र सुर्य ताराका छल
मिनमा राहु उल्का चले

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...