Saturday, February 28, 2015

ठाम्को´ठाम भाषनमा

आखिर भएरै छाड्यो, काम् त´माम भाषनमा
धाक धम्की अनि गाली, तथा´नाम भाषनमा

बिग्रह र समास् जस्तै, गणितिय चक्रब्युह
लेख्ने भए संबिधान, रामा´राम भाषनमा

चामल नपुगे के भो, गोली बारुद् आँगनमा
लखेट्ने छन सामन्ती, कुले´लाम भाषनमा

टुक्र्याएर राज गर्ने, सपना ति रजौटा का
कुर्ली राखे उर्ली राखे, सारे´आम भाषनमा

शहिदको नाम पोले, आगो फुक्दै हरियो को
लोकतन्त्र जिन्दाबाद, ठाम्को´ठाम भाषनमा

---
हरियो को : हरियो बांस 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...