Sunday, February 22, 2015

जल्दैछन् महाराजाहरु

अपसगुन हुँदैछ राज्यमा
किन कि,
घुनले टोकेर राजाहरु मर्न थाले,
राजकुमारीका सौन्दर्य् झर्न थाल्यो
जब हैकमी शाषन बदनाम हुँदै गयो,
कुटिहरुका पर्खाल ढल्न थाले,
श्रीपेचमा गिद्दले बिस्टाउन थाल्यो
राजदण्ड धमिराले खोक्राउन थाल्यो,,
अशुभ हुँदैछ रे राज्यमा
पत्थरका मुर्तिहरु बर्बराउन थाले
पसिना निकाल्न थाले,
पासा खेल्ने पटाङ्गिनिहरु
चरचर चिरिन थाले, तर
भाई भारदारहरु पिरिएनन्।
राजकाज र राजनीति
नजानेका महाराजाहरु,
फरियामा बेरिएर निदाउन थाले
अनिस्ट भयो राज्यमा
राजगद्धी बिझाउन थाल्यो
सलामी र हुजुर पच्न छाड्यो,
दरबारिया कलहमा जल्न थाले
दरबार अनि महाराजाहरु,
आफ्नै राज्यको सिमा बिर्सिएर
कोठिमा रङ्ग-रसिया मनाउन थाले,
त्यही मक्किएका कोठिले किच्न थाल्यो,
बजारिया साँढेहरु सिङ्गौरी खेल्न थाले
दरबारका भित्ताहरुमा,
तै पनि चुप छन् महाराजाहरु
महारानीको ईशारामा सायद,
न्रित्यङ्गनाहरुको अभाबमा
महाराजा आँफै घुङ्घुरु बांधेर
छम छम नाच्न थाले,
चुडिया र नौ-लखामा सजिएर।

सायद त्यही नै हुनेछ
महाराजाको अन्तिम् मुजुरा पनि,
किन कि दरबार जल्दैछ
महाराजाहरु जल्दैछन्। 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...