Tuesday, February 17, 2015

३ शेर गजल

रोप्न नपाई पिरती, झाङ्गिएछ भन्छन्
कामुक्ताको बोटमुनी, नाङ्गिएछ भन्छन्

लोलाएका नजर´ले, बाटो भुले क्यार
यौवनका गोरेटा ति, बाङ्गिएछ भन्छन्

समयले उछिनेछ, सुस्ताएका कदम्
बदनामीको भाटामा, टाङ्गिएछ भन्छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...