Tuesday, February 24, 2015

मृत्‍यु पर्खिएको छ मुर्दाले

मृत्‍यु पर्खिएको छ मुर्दाले
कस्तो आख्यान हो यो?
हो बर्षौं, होइन दशकौं भयो
जिउँदो मुर्दाले, मृत्‍यु पर्खिएको
मुर्कुट्टै मुर्कुट्टाको बिचमा
जीवन्त अभिनय गरिरहेको
चल्छ,चल्बलाउंछ तर
बेजान भैसकेको छ,
सिङ्गो भिडले कुल्चन्छ
तर लाचार छ मुर्दा,
बिरोधका स्वर सुकेका छन्
हातहरु कुंजिएका छन्
आखिर मुर्दा नै हो
लम्पसार छ,
नयाँ बानेश्वर अगाडिको सडक जस्तै
बुट बजारछन् लाठी बजारछन्
त्यही अमुक मुर्दा माथि नै
जुलुश आउछ आफ्नो माग राख्छ जान्छ
मुर्दाको छातीमा टेकेर
तर
भित्रभित्रै गलेको जिउँदो लाश
लडिरहेको छ
राणा र शाही कालिन मुर्ती झैं
न अबिर न माला।

घाटे बैध्यहरुले नाडी छाम्न छाडिसके
बन झ्यांक्रिहरुले ङिजोलिरहेका छन्
फुकफाकेहरु ले कुचो हल्लाउंदै
कालो र पहेंला अक्षता पन्छाए पनि
अङ्रेजी डाक्टरहरु मौन छन्।

कोही बचाउन चाहन्नन्
जिउँदो मुर्दालाई
सडिरहेको छ,गलिरहेको छ
झिङ्गा र किराहरु भुन्भुनाइरहेका छन्
आकाशमा गिद्दहरु नाचिरहेका छन्।

तर केही जिउंदा भनौदाहरु
हरिया बास काटेर घारो बनाउंदै छन्
आफुलाई जिउदो लाशको
डिकुराको मालिक सम्झनेहरु
राता कात्रो बेर्न हतार देखिन्छन्।

ढुकढुकी अझै बाँकी छ लाशको
त्यो जिउँदो लाशको
जिवित मुर्दाको तर
मृत्‍युको शन्खघोष गर्न
आतुर छ,
कृयापुत्रीहरुको भिड।  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...