Friday, February 20, 2015

सार जिन्दगीको

लागेन किन, धार जिन्दगीको
भेटिन मैले, घार जिन्दगीको

बिसाउँ कता, चौतारो भेटिन
बोक्नै कठिन, भार जिन्दगीको

मैदान छाडी, भाग्न नी सकिन
हातमा सधैं, हार जिन्दगीको

मधुरो दियो, धिपधिप् बल्दैछ
खस्ने पो होकी, दार जिन्दगीको

परिभाषा खै, कसोरी लगाउँ
पाईन केहि, सार जिन्दगीको 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...