
लागेन किन, धार जिन्दगीको
भेटिन मैले, घार जिन्दगीको
बिसाउँ कता, चौतारो भेटिन
बोक्नै कठिन, भार जिन्दगीको
मैदान छाडी, भाग्न नी सकिन
हातमा सधैं, हार जिन्दगीको
मधुरो दियो, धिपधिप् बल्दैछ
खस्ने पो होकी, दार जिन्दगीको
परिभाषा खै, कसोरी लगाउँ
पाईन केहि, सार जिन्दगीको
No comments:
Post a Comment