Thursday, February 5, 2015

गजल जवानीमा, भुलें म साथी









जवानीमा, भुलें म साथी
दिवानीमा, भुलें म साथी

बिउझेँ तन्द्रामा म राती
बिहानीमा, भुलें म साथी

नजानेरै, हो या नजानी
रूमानीमा, भुलें म साथी

भिजेका निन्द्रामा पियारा
सिरानीमा, भुलें म साथी

ढिलोपो भो, फेरी बिराएँ
सुहानीमा, भुलें म साथी

जवानीमा, भुलें म साथी
दिवानीमा, भुलें म साथी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...