Sunday, February 22, 2015

धर्साहरु

कहिले तिर बनेर 
कहिले ईशारा बनेर 
घाइते बनाइरहेका छन् मलाई 
मुठा होइनन् भारिका भारी
थिचिरहेका हुन्छन् मलाई
एेंठन भन्दा बढी गाह्रो हुन्छ
हो,
जब म सुन्यतामा हराउन खोज्छु 
बिगत बिर्सन खोज्छु,
बर्तमान बनेर चिमोट्न थाल्छन्, 
आयात बनेर बर्षन्छन् कहिले 
कहिले त्रि-भूज बनेर,
सरल भन्दा धेरै बक्र 
समानान्तर भन्दा धेरै छेदक बनेर 
घोचिरहेका छन्। 

बन्द आँखा सामुन्ने 
थ्री-डीका पिरामीडहरु 
चुलिन थालछन्
चिच्याउँछु,अतालिन्छु 
तर षड्कोण रुपी
अबरोधका ढिस्काहरु
ठेस लाग्न आई पुग्छन्। 
ब्रित् को भूमरीले 
धेरै तल लगेर बजार्दा 
झसँग हुन्छु। 
असिन पसिन हुन्छु, 
हो आजभोलि मलाई 
लखेटीरहेका हुन्छन्। 

कति बेरङ्गी छन् 
तिखालु छन् 
बिषालु छन्। 
भाग्य र हत्केलाका भन्दा 
धेरै फरक छन्। 
धर्साहरु 
----------
२२ फेब्रुवरि,२०१५ 
०७:४५ साँझ 
स्पेन 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...