Saturday, February 14, 2015

मलाई माया गर !!

विश्वाश र आत्मियता हराएको छ
क्षणिक मोह र संसारीक बगरमा
मायाले बनाएको सम्बन्धमा
दरार परेका छन् आस्थामा भने
सन्क्रिणताले थिचेको छ
सौहाद्रतालाई आजभोलि,
हामी निस्किएका छौं
प्रणय दिवस मनाउन
बोलिमा छुरा र
गालामा मुस्कान बिनाका
अङ्गालोहरुमा धाप मार्दै
रमाएको नाटक गर्दैछौ हामी,
सिङ्गो मानब संसारमा
मानबताको नै खडेरी परेको बेला
ओइलाई जाने एउटा फूलको भरमा
मायामा सम्झौता गर्दैछौ
जहाँ समर्पण छैन
त्याग र बलिदान छैन
सबै भन्दा ठुलो कुरा
जहाँ भावना नै छैन
अनि चाहना नै छैन,
प्लास्टिकका मायालुहरु आज
यौवनको तटमा
निख्रिरहेका छन् भने
समयले चिमोटेको घाउमा
मलहम् लगाउदैछन्,

के थाहा,
जीवन आँफै माया हो
जिन्दगी आँफै फूल हो
मायामा जिउन नजान्नेहरु
एउटा दिवसको पर्खाइमा हुन्छन्।
म त हरेक दिन
मायामा रमाउछु
खुशीमा पौडन्छु
प्रत्येक पाइलामा
आफन्त देख्छु,मायालु देख्छु
अनि हरेक बुट र बुट्यानमा
जीवन देख्छु।

हो सुन्दरता जीवन्त छ
जीवन्ततामा नै त जीवन छ
तर त्यो सुन्दरताको बुझाई खै?
गाताको सुन्दरतामा हैन
जीवनका हरेक पन्नाहरुमा
माया खोज,
हराएका विश्वाश र आत्मिएता खोज
मन्दिरमा होइन आस्था मनमा खोज
हरेक मनहरु एउटै हुन्।
मन सुन्दर हुन्छ
सौन्दर्यताले भरिएको हुन्छ
हो त्यही मनलाई माया गर,
नटिप फूल, फक्रन देउ
फक्रनु नै उसको जीवन हो,
तिमी फक्रिय ओठहरुमा
मनमा भएका रङ्गहरु लिएर
माया बांढ मनमा भएको,
महशुस गर मायालाई
स्पर्श गर मायालाई
मन भन्दा बाहिर केही छैन,
हावाका प्रत्येक झोका र शुशेलिहरुमा
गुनगुनाउ,,
माया गर आँफैलाई
माया गर जीवनलाई
माया गर मलाई
मलाई माया गर !!



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...