Monday, February 2, 2015

गजल जस्तै (रमाइलो)

मनमा बसेकी लाई, काली भन्दिन म 
उनी छँदा´छँदै मन, खाली भन्दिन म 

कान थुन्छु बरु, जे भने´नी सहिदिन्छु 
धारे हातै लाए पनि, गाली भन्दिन म 

भोलि कसले देख्छ र, हिजो बिर्सिसकें 
पर्सी छाडिजाउ चाहे, जाली भन्दिन म 

बषन्त यो बगानमा, फुले पुग्छ् मलाई  
साउन उल्टो पाइला, चाली भन्दिन म 

मतलबी छ दुनियाँ, मत्´लबी हुनैपर्‍यो 
चपाएर फ्याले पनि, फाली भन्दिन म 

मनमा बसेकी लाई, काली भन्दिन म 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...