Thursday, February 5, 2015

गजल जवानी


जवानीको बागमा, फुलेर आएं (सौन्दर्य)   
जवानीको आगमा, खुलेर आएं (आवेग) 

नहुनु नै भो हिजो, गल्ती छ मेरो 
जवानीको दागमा, डुलेर आएं  (उमेर पुगेको) 

थियो माधुर्य नशा, पिए सबैले 
जवानीको रागमा, झुलेर आएं (मधुशाला) 

धूवाँधुवां भो जहाँ, आगो नफुकी 
जवानीको खागमा, भुलेर आएं (बैंशालु)  

नचाख्नु चाखें मिठो, स्वादै रसीलो 
जवानीको मागमा, घुलेर आएं (मायालु) 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...