Thursday, February 5, 2015

गजल जवानी


जवानीको बागमा, फुलेर आएं (सौन्दर्य)   
जवानीको आगमा, खुलेर आएं (आवेग) 

नहुनु नै भो हिजो, गल्ती छ मेरो 
जवानीको दागमा, डुलेर आएं  (उमेर पुगेको) 

थियो माधुर्य नशा, पिए सबैले 
जवानीको रागमा, झुलेर आएं (मधुशाला) 

धूवाँधुवां भो जहाँ, आगो नफुकी 
जवानीको खागमा, भुलेर आएं (बैंशालु)  

नचाख्नु चाखें मिठो, स्वादै रसीलो 
जवानीको मागमा, घुलेर आएं (मायालु) 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...