
आफ्नै दारी´नी भारी भो साथी
जिन्दगी त् महामारी भो साथी
बषन्तमा पनि, फूल फूलेनन्
फूलबारी हेर्नुस्, घारी भो साथी
जानु छ पारी डुङ्गा रह्यो वहिं
पोका र पुन्तुरा वारी भो साथी
कुलो उसैलाई गहिरिखेत उसैलाई
मेरो भागमा जो, टारी भो साथी
नसोध कहिल्यै के छ हो भनेर्
अभावै ले साका´हारी भो साथी
No comments:
Post a Comment