Thursday, February 19, 2015

युद्ध जितेपनि योद्धा पराजित छ


प्रेम प्रकाश पौडेल
२०७१,फाल्गुण ७ बिहीवार 
रामपुर चितवन 
---------------
युद्ध जितेपनि योद्धा पराजित छ
सेता पहेंला राता हरिया
झन्डाहरु फहराएर
हर्षोल्लाहास मनाए पनि
आज योद्धा पराजित छ,
आजित छ उही पूराना
संस्कार,रितीहरु सँग
अवाक्क छ तथाकथित
आधुनिक नितिहरु सँग,
बेथितीहरु सँग,
हो उसले रथ हांकेको थियो
गोली बाण बारुद बोकेको थियो
परिवर्तनका मशाल उठाको थियो
छातीमा लाठी र बुटहरु सहेको थियो
मिठा अभिलाषाहरु सांचेको थियो।
उज्यालाका झिल्काहरुको लागि
क्रान्तिको बिगुल फुकेको थियो
र त युद्ध जितेको थियो,
आज त्यही योद्धा
जित स्विकारे पनि
पराजित छ,
थकित छ,
झूट लाग्छ हिजोको बिजय
बरु पराजय स्विकारोक्त छ आज।
बिर्सिएर पनि सम्झिन चाहन्न
हिजोका युद्धहरु
शासन बिरुद्ध लड्यो
आसन बिरुद्ध लड्यो
राषनको लागि लड्यो
फगत,
आश्वासन सिवाय केही पाएन उसले,
कमसेकम सहयोद्धाले बिरगती त प्राप्त गरे,
सहिद त कहलिन्छन्,
आखिर म बाँचेको योद्धा
युद्धभूमी बाट नफर्कदै
पराजित भएको छु
आजभोली यस्तै यस्तै सोच
जितेको युद्धमा पराजित योद्धा,
आखिर किन हार्यो त योद्धा??
----------


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...