Monday, February 16, 2015

अङ्गहरु फूक्न थाले गीत

अताउनेले नै माया, जताउने रहेछ
नजरको ईशाराले, मताउने रहेछ

कसले भन्छ यो मन सानो भनेर यहाँ
आँखाले देखे´जति नै, अटाउने रहेछ

लुटिएर जित्नुपर्ने, अनौठो खेल् प्रेमको
रोम रोम तन मन, तताउने रहेछ

छुटाउन गार्हो पर्ने, लत् बस्यो जवानीमा
पिरतीको यो नशाले, सताउने रहेछ

अङ्गहरु फूक्न थाले, शुक्लपक्ष् चन्द्रमा झैं
लाज लाग्यो एेनाले, बताउने रहेछ





No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...