Tuesday, February 10, 2015

डामाडोल भो साथी

जता ततै, भद्र´गोल भो साथी
जिन्दगी त डामाडोल भो साथी

धोउँभने च्यातिने, मयलका पत्र
सिरक् को थोत्रो खोल भो साथी

चटनी यही तरकारी´नी यही भो
तात्तातो गुन्द्रुक्को झोल् भो साथी

लीलाम बढाबढ पिरतीको संसारमा
आफ्नो नै दबेको, बोल भो साथी

प्रहार कहिल्यै मेरो, गोल भएन
सून्य जसरी गोलगोल भो साथी



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...