Tuesday, February 10, 2015

डामाडोल भो साथी

जता ततै, भद्र´गोल भो साथी
जिन्दगी त डामाडोल भो साथी

धोउँभने च्यातिने, मयलका पत्र
सिरक् को थोत्रो खोल भो साथी

चटनी यही तरकारी´नी यही भो
तात्तातो गुन्द्रुक्को झोल् भो साथी

लीलाम बढाबढ पिरतीको संसारमा
आफ्नो नै दबेको, बोल भो साथी

प्रहार कहिल्यै मेरो, गोल भएन
सून्य जसरी गोलगोल भो साथी



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...