Wednesday, February 18, 2015

गजल झुटो बिहानी बनाउंछन्

जलाउंछन् जिन्दगी, खोटो खरानी बनाउंछन्
चिता माथि मुढाको, मोटो सिरानी बनाउंछन्

सल्कन्छन आँफै, सल्काउंछन आगो इर्श्याको
छेक्दै हत्केलाले घाम्, झुटो बिहानी बनाउंछन्

घोत्लिन्छन् अझै चक्रब्युहमा बिषाक्त मान्छेको
हेर्छन् लामो दुनियाँ, छोटो परानी बनाउंछन्

¨बसुदैब् - कुटुम्बकम¨, मेट्दैछन् अबिबेक´ले
भुल्छन् आफन्ती गाउँ, बाटो बिरानी बनाउंछन्

सुन्छन् सुनाउंछन् बहिरा, अध्याय जिन्दगीका  
बांच्नु रहेछ आखिर्, मूठो कहानी बनाउंछन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...