Friday, February 27, 2015

बगाउंछ रे gajal

नजानिदो जवानीको, भेलले बगाउंछ रे
नदेखेको नचिनेको, मेलले बगाउंछ रे

दोश् आखिर पिरतीको, दुखपायो जिन्दगीले
दाउ त्यस्तै जुवा होकी, खेलले बगाउंछ रे

जित मात्र हुन्न सधैं, हार पनि सहनु छ
फ्यांक्नसके आँखाछली, झेलले बगाउंछ रे

रोकीजान्छ यात्राजस्तै, सागरको कस्ती पनि
बांधि राखे जिन्दगानी, नेलले बगाउंछ रे 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...