Friday, February 27, 2015

बगाउंछ रे gajal

नजानिदो जवानीको, भेलले बगाउंछ रे
नदेखेको नचिनेको, मेलले बगाउंछ रे

दोश् आखिर पिरतीको, दुखपायो जिन्दगीले
दाउ त्यस्तै जुवा होकी, खेलले बगाउंछ रे

जित मात्र हुन्न सधैं, हार पनि सहनु छ
फ्यांक्नसके आँखाछली, झेलले बगाउंछ रे

रोकीजान्छ यात्राजस्तै, सागरको कस्ती पनि
बांधि राखे जिन्दगानी, नेलले बगाउंछ रे 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...