Wednesday, February 4, 2015

आज

जित्नेले त, हारेछ आज
आफ्नै मृत्‍यु, बारेछ आज

उम्ले पछि, पोखिन्छ तर
चाँडै आगो, मारेछ आज

नगर्नु नै, उत्तम थियो
कस्तो र्याल, झारेछ आज

पुरुशार्थ, भएन है त्यो
गोही आँसु, झारेछ आज

बिक्न छाडे, बेठेगान् बोली
सहमती, टारेछ आज

भगुवा हो, मैदान छाड्ने
युद्दै नलडी, हारेछ आज

जित्नेले नै, हारेछ आज
आशा सारा, मारेछ आज 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...