Wednesday, February 4, 2015

आज

जित्नेले त, हारेछ आज
आफ्नै मृत्‍यु, बारेछ आज

उम्ले पछि, पोखिन्छ तर
चाँडै आगो, मारेछ आज

नगर्नु नै, उत्तम थियो
कस्तो र्याल, झारेछ आज

पुरुशार्थ, भएन है त्यो
गोही आँसु, झारेछ आज

बिक्न छाडे, बेठेगान् बोली
सहमती, टारेछ आज

भगुवा हो, मैदान छाड्ने
युद्दै नलडी, हारेछ आज

जित्नेले नै, हारेछ आज
आशा सारा, मारेछ आज 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...