
तिम्रा त यहाँ कुरा बिक्छन्
धारिला तिखा छुरा बिक्छन्
नजरले देउ या ईशाराले देउ
जुठा ती मिठा सुरा बिक्छन्
झुट-मुट´ले, बुनेका सारा
कहानी ती अधुरा बिक्छन्
सग्लो जवानी कुहिदैछ मेरो
तिम्रा फुटेका चुरा बिक्छन्
स्टक थुप्रियो मेरो गोदाममा
तिम्रा नै किन पुरा बिक्छन्
No comments:
Post a Comment