Friday, February 20, 2015

छुरा बिक्छन्

तिम्रा त यहाँ कुरा बिक्छन्
धारिला तिखा छुरा बिक्छन्

नजरले देउ या ईशाराले देउ
जुठा ती मिठा सुरा बिक्छन्

झुट-मुट´ले, बुनेका सारा
कहानी ती अधुरा बिक्छन्

सग्लो जवानी कुहिदैछ मेरो
तिम्रा फुटेका चुरा बिक्छन्

स्टक थुप्रियो मेरो गोदाममा
तिम्रा नै किन पुरा बिक्छन्



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...