Tuesday, February 10, 2015

गजल दाता जिन्दगीको

याद´ले बुनेको छ, नाता जिन्दगीको
उधारोले नै ढाक्यो, खाता जिन्दगीको

अभागीले खाने बेलां, हावाहुरी भने झैँ
मनसुन् मा भांचियो, छाता जिन्दगीको

ढाकेको थिएं मैले, छाती मुस्किल´ले
भिजायो आँसुले नै, गाता जिन्दगीको

पूजारी´को भिडमा, घुसें म बिस्तारै
भेटिन हो कहिल्यै, दाता जिन्दगीको

अपाङ्ग पो बनायो, समयले मलाई
दाहिने हर् खुस्कियो, पाता जिन्दगीको 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...