ढल्दै गरेको, यो साँझ मेरो
अनि त्यो बोली आवाज मेरो
गीत कबिता, अधुरा होलान्
बयान रसिक्, अन्दाज मेरो
लाली बैंशको, इन्द्रेणी रङ्ग
मिठो मुस्कान, नाराज मेरो
अतित् कहानी, कथा पूरानो
पूरानै सम्बन्ध्, त्यो राज मेरो
ढल्दै गरेको, यो साँझ मेरो
अनि त्यो बोली आवाज मेरो
No comments:
Post a Comment