Wednesday, February 25, 2015

गजल गतिलो चाहिन्छ

सम्बन्ध लच्किने होइन, लचिलो चाहिन्छ
न्यानो भन्दापनि अंगालो, कसिलो चाहिन्छ

ढल्दैन पिरती, यौवन, ढलेर के भो त
मन सङ्ग सङ्गै मुहार, हसिलो चाहिन्छ

सुकेर जाने त्यो बषन्त, रुझेर् बर्षा बित्यो
मातेको बैन्श र जवानी, रसिलो चाहिन्छ

मागेको जड्यौरी उध्रियो, नाङ्गिनु भएन
सिलाउने सियो अाइन्दा, गतिलो चाहिन्छ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...