
सम्बन्ध लच्किने होइन, लचिलो चाहिन्छ
न्यानो भन्दापनि अंगालो, कसिलो चाहिन्छ
ढल्दैन पिरती, यौवन, ढलेर के भो त
मन सङ्ग सङ्गै मुहार, हसिलो चाहिन्छ
सुकेर जाने त्यो बषन्त, रुझेर् बर्षा बित्यो
मातेको बैन्श र जवानी, रसिलो चाहिन्छ
मागेको जड्यौरी उध्रियो, नाङ्गिनु भएन
सिलाउने सियो अाइन्दा, गतिलो चाहिन्छ
No comments:
Post a Comment