Monday, February 2, 2015

टिपन टापन




---
हुन्न भन्दा भन्दै पनि पिरतिमा फसाउंछन्
सम्झना र याद नै हुन रुवाउंछन् हसाउंछन् !
जिन्दगीले बाटो मोड्यो मायालु त छुटिगए 
सपना सँगै देखेपनि अन्तै संसार बसाउंछन् !!

----
¨मत्तुवा डाम्नाहरु¨ बस्ती छिर्दैछन् 
¨तगारो¨ लगाउनु, नै उत्तम होला 
करेशाबारी सखाप पारे´पछि ¨च्व¨
भन्नुभन्दा भगाउनु नै उत्तम होला!!

 ----

एउटा साथी दिलदार, चाहिएको छ 
मन´बुझ्ने मिलनसार, चाहिएको छ 
साँझ चिसोचिसो छ, एक्लो यो पल 
पिसके पछी समझदार, चाहिएको छ

----
निदाउन नजान्नेहरु, रातलाई दोश दिन्छन् 
र पीउन नजान्नेहरु, मातलाई दोश दिन्छन्

----
महङ्गीको जमानामा धेरै सस्तो छैनौ तिमी 
पोहोरको भेटघाटमा भेटे जस्तो छैनौ तिमी 
पराईको सिन्दुरले सजिएकी कस्तो भनुं अब 
पुर्णिमाको रातमा जुनेली खस्तो छैनौ तिमी 
----
बर्शौ भयो माया तिमीलाई नदेखेको
मन भित्र नै छौ भनी छैन केही लेखेको 
हेरी बस्छु हाम्रो तस्बिर सँगसगै खिछेको 
आज बिहान चालपाए सिरानी भिजेको

सपनिमा भेट्थे सधैं 
छैन आजकाल निदाएको 
सम्झी रहेछु दिन रातै ति पल 
सँग सगै बिताएको

टाढा भएर हो कि प्रिया 
सम्झना बढेको छ 
भेट्न पाउने आशामा आजकल 
यो धड्कन बढेको छ

-----
जून सर्माएको थियो उनी लाई देख्दा 
उनी सर्माएकी थिन मैले बाटो छेक्दा
बषन्तको आगमन कोइलीको कुहुकुहु 
कलम यो रमाएथ्यो मैलेचिट्ठी लेख्दा !

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...