Thursday, February 19, 2015

उचाइमा छ प्रजातन्त्र

चर्चामा छ प्रजातन्त्र
पर्चामा छ प्रजातन्त्र
उपल्ला ओहोदाको त्यो
दर्जामा छ प्रजातन्त्र!!

पात्रोमा छ प्रजातन्त्र
छाप्रोमा छ प्रजातन्त्र
बिदेशी लंगौटिको त्यो
कात्रोमा छ प्रजातन्त्र!!

खोजिमा छ प्रजातन्त्र
रोजिमा छ प्रजातन्त्र
शिर्सस्थ् नेताहरुको त्यो
गोजिमा छ प्रजातन्त्र!!

मिचाइमा छ प्रजातन्त्र
थिचाइमा छ प्रजातन्त्र
जसले जे भने पनि त्यो
उचाइमा छ प्रजातन्त्र!!

आफन्त 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...