Tuesday, February 10, 2015

गीत फुलेर जाउ

आउ न आउ नजरमा, फुलेर जाउ
जिन्दगीमा केहीपल त, खुलेर जाउ

आउँदैन है सावन, बषन्त घरिघरी
यौवनको यो मंसीरमा, झुलेर जाउ

अंगालोको माला, प्रितको बिछौना
जवानी´को आँगनमा, डुलेर जाउ

मुरलीको धूनमा, यही ब्रिन्दाबनैमा
पवित्र मनका पिरती, भुलेर जाउ
   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...