Tuesday, February 10, 2015

गीत फुलेर जाउ

आउ न आउ नजरमा, फुलेर जाउ
जिन्दगीमा केहीपल त, खुलेर जाउ

आउँदैन है सावन, बषन्त घरिघरी
यौवनको यो मंसीरमा, झुलेर जाउ

अंगालोको माला, प्रितको बिछौना
जवानी´को आँगनमा, डुलेर जाउ

मुरलीको धूनमा, यही ब्रिन्दाबनैमा
पवित्र मनका पिरती, भुलेर जाउ
   

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...