Wednesday, February 11, 2015

गजल डुबाएर गै

तोड्नु रैछ बाचा कसम, खुवाएर गै
बेकार´मा तामा तुलशी, छुवाएर गै

सातैजुनी लगनगाँठो, एक् हाम्रो भन्दै
जिन्दगी´को मझधारमा, डुबाएर गै

परेलीको गाजल् अनि ओठ्को हांसो तिम्रो
भनि भनि यो मन´मुटु, दुखाएर गै

लाली जोवन फुर्के बैंश, मात्तिएर् आई
ननुघने फूलको डाली, नुघाएर गै

कस्को गर्नु विश्वाश मैले अब् जिन्दगीमा
दिलमा बस्छु भन्नेले नै, रुवाएर गै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...