Friday, February 27, 2015

भोलि

 Falgun 16, 2071

भोलि शहरमा, जाम हुनेछ
एउटै समस्या, आम हुनेछ

सहमति भन्दा, बिरोध् सजिलो
भाषण´मा काम, तमाम् हुनेछ

समस्या देखि, भाग्नेहरूको नै
तप्सिल बमोजिम्, नाम हुनेछ

कायापलट, छलाङ्ग मार्नेछन्
पोल्टापोल्टामा, जूनघाम् हुनेछ

मेट्नेछ लक्ष्मणले, आफ्नै रेखा
भोलि नै ¨रावण¨, राम हुनेछ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...