Wednesday, February 18, 2015

आमा

आँचलमा लुकाइ राख्, भो दरबार चाहिन्न
तिमी हौ मेरो दुनियाँ, भो घरबार चाहिन्न

नहेर् रिषले कहिल्यै, लुकाएर त्यो मातृत्व
झुक्नेछु त्यो ईशारामा, भो तरबार चाहिन्न

काख मेरो शिम्हासन, राजधानी छ आँगन
हुकुम चलाऊ आमा!, भो सरकार चाहिन्न

वातसल्य भरिएको, सन्सार् अडिएको जहाँ
पढ्नेछु तिनै आँखामा, भो अखबार चाहिन्न

आमा हातको माम प्यारो 
----------------------------
अङ्गालोमा चन्द्रमा छिन
आज मलाई घाम प्यारो
यसुको यो आङ्गनमा छु
आखिर किन राम प्यारो
बोलाउँदै छ हिमाल´ले
देशको सधैं नाम प्यारो
बेर्न ज्युरिक् म्याड्रिड् भन्दा
काली गण्डकी धाम प्यारो
बालापनको याद्´ले होला
आमा हातको माम प्यारो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...