Tuesday, February 3, 2015

गजल धुवाँधुवाँ छ जिन्दगी



धुवाँधुवाँ छ जिन्दगी, तापने आगो छैन 
चुंडियो चंगा आखिर, गांसने धागो छैन 

तेरो र मेरो छ यहाँ, हाम्रो खोज्ने कहाँ 
सिमित अस्तित्व भित्र, नापने टांगो छैन 

सकिंदै छन् पहिचान, मेटिंदै छन रेखा 
भोली आफ्नै निधारमा, टासने पांगो छैन 

जांदैन मैलो निधार्´को, कोतरेर पनि 
निधार पखाल्ने पानी, थापने छांगो छैन 

कम्जोर नै छन नाता, विश्वाश टुटेपछि   
जोडिन्न पून: सम्बन्ध, थामने तागो छैन 
-----------------
तागो - जनै, रक्षा बन्धनको लागि प्रयोग हुने धागो 






No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...