Saturday, February 7, 2015

गजल बनाउनु छ

आफ्नै घर आँगन, धाम बनाउनु छ 
ढुङ्गा यिनै चट्टान, राम बनाउनु छ 

अन्धेरोमा गुज्रियौ, कुवाको भ्यागुता झै 
यो संसारै पोलने, घाम बनाउनु छ 

सहिष्णुताको पाठ, पढाउने छु जहाँ 
बटुवा छिर्ने छन, लाम बनाउनु छ 

चिन्दैन भिडले यां, हुँं भिडकै एक् पात्र 
आफन्त´ले सम्झने, नाम बनाउनु छ 

नशा रेहेछ् जिन्दगी, बिस्तारै लट्ठिँदै छु 
आज अर्को ब्युंझने, जाम बनाउनु छ 



 


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...