Saturday, February 7, 2015

गजल बनाउनु छ

आफ्नै घर आँगन, धाम बनाउनु छ 
ढुङ्गा यिनै चट्टान, राम बनाउनु छ 

अन्धेरोमा गुज्रियौ, कुवाको भ्यागुता झै 
यो संसारै पोलने, घाम बनाउनु छ 

सहिष्णुताको पाठ, पढाउने छु जहाँ 
बटुवा छिर्ने छन, लाम बनाउनु छ 

चिन्दैन भिडले यां, हुँं भिडकै एक् पात्र 
आफन्त´ले सम्झने, नाम बनाउनु छ 

नशा रेहेछ् जिन्दगी, बिस्तारै लट्ठिँदै छु 
आज अर्को ब्युंझने, जाम बनाउनु छ 



 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...