Sunday, February 22, 2015

गीत ढुक ढुकी तिम्रो

किन होला, तिम्रो तस्बिर, कोरुं कोरुं लाग्छ
तिम्रै सामु, यी हातहरु, जोरुं जोरुं लाग्छ

बैरी लाग्छ, यो दुनियाँ, घाम जून टाढा
सधैं भरी , त्यही मुहार, हेरुं हेरुं लाग्छ

छाती भित्र, धुक धुकिमा, ढुक ढुकी तिम्रो
यस्तै हुन्छ, मनमा तिम्रो, सोधुं सोधुं लाग्छ

सके दिन्थें, सारा संसार, ऋतु यो बशन्त
इन्द्रेणीका, ती रङ्गहरु, चोरुं चोरुं लाग्छ

त्यही मुहार, त्यही जोवन, राजीनामा देउ
जुनी जुनी, यो अङ्गालोमा बेरुं बेरुं लाग्छ
-----------
श्रीभक्त पौडेल 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...