स्वयं कांडाले घेरिएको हुन्छ
रङ्गहरुको भिडमा, परन्तु
माया र सम्बन्धको प्रतिस्ठा बोकेर,
मेट्टिसकेका धमिला धर्साहरुमा
विश्वाशका मसिहरु पोख्दै,
आधुनिक प्रेमी-प्रेमिका
हवस् र भोकका पूजारी हुन् भनेर।
खसेको तारा हेर्दै
मायाको मूल्य तोक्नेहरु
पिरतीको बजारमा
यत्रतत्र भेटिन्छन् भनेर।
सायद फुर्सद नभएरै त होला
बर्षभरी अमुक मायालुहरु,
गुमनाम मायालुहरु
आज उ बोकेर
घुंडा टेक्दैछन्,
निर्बिकल्प मायाका परिभाषा खोतल्दै
भावनामा डुबेर लेखिएका
गीत गजल र कबिताहरुमा।
के थाहा उसलाई,
कति कपट लुकेका छन्
तिनै छटपटिहरुमा,
क्षणिक बैन्शका आगो ताप्नेहरु
यौवनको पोखरीमा
चुर्लुम्म डुबुल्की मारेर
ओभानो डिलमा टकटकिन चाहन्छन्।
पोखिन चाहन्छन्
सम्हालिन बिर्सिसकेकाहरु।
त्यसैले त झस्काउंछ आजकल
चस्काउंछ आजकल,
भेटिदैनन्
शाहजहा र रोमियोहरु
मदन र क्लिओपात्राहरु।
के थाहा उसलाई,
चुंडिन्छ उही
निमोठिन्छ उही
उ नै एक बहाना हुन्छ
मादकतामा डुबेर
मदहोशी रात सिङार्नेहरुको
साधन हुन्छ चाहना हुन्छ।
प्रेम दिवसको नाममा
नारा लगाउन्छन्
¨जवानी जिन्दाबाद्¨
अनबिज्ञ छन् उनै,
जति नै परिभाषा घोकेपनि
दुई शब्द कोर्न सक्दैनन्
कथित मायालुहरुको नाममा।
बाटो बिराएको जवानीलाई
मिलन र मिलाप देख्छन् भने
उसलाई पो के दोश छ र?
No comments:
Post a Comment