Saturday, January 31, 2015

नमिलेको गजल असिना र पानीले


बेसरी रुझायो साथी, असिना र पानीले 
छोडेन कहिल्यै राती, यो पिउने बानीले 

बास त दिएं परेलीमा, मुटुमा राज गरी 
चस्काइ राख्छे छाती, मनकी यै रानीले

धागोचुंडेको चङ्गा आज, हावाको नै साहारा 
पिरती परेछ घाती, रुवाउँदै छे रानीले 

सायद बिकेछु हिजो, मायाको नगरीमा 
सिध्याएं खल्तिको जाती, तानेर त्यै नानीले  

दोश् मौसमलाई आज, पिउनु त छंदैछ 
ताकेर मुटुमा लाती, खै मायाकै खानीले 




No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...