Saturday, January 31, 2015

नमिलेको गजल असिना र पानीले


बेसरी रुझायो साथी, असिना र पानीले 
छोडेन कहिल्यै राती, यो पिउने बानीले 

बास त दिएं परेलीमा, मुटुमा राज गरी 
चस्काइ राख्छे छाती, मनकी यै रानीले

धागोचुंडेको चङ्गा आज, हावाको नै साहारा 
पिरती परेछ घाती, रुवाउँदै छे रानीले 

सायद बिकेछु हिजो, मायाको नगरीमा 
सिध्याएं खल्तिको जाती, तानेर त्यै नानीले  

दोश् मौसमलाई आज, पिउनु त छंदैछ 
ताकेर मुटुमा लाती, खै मायाकै खानीले 




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...