Saturday, January 31, 2015

कथित रहरमा छु


-----
आज म शहरमा छु 
कथित रहरमा छु 
कसलाई के थाहा छ 
बिषाक्त लहरमा छु
----
मधुरा जूनतारा गन्दै 
ब्युझेको प्रहरमा छु 
भिड्बाट जतीभागे´नि 
अत्यास् कहरमा छु 
----
महल् देखि डराएरै त्
नजिकै बगरमा छु 
अबिछिन्न नै सायद 
जीवन्´का डगरमा छु 
----
सपना बादल् एकै हुन् 
त्यसैले सगरमा छु  
प्यास नमेटिएर् होला 
सुकेको नहरमा छु 
----
दुक्कीतिर्की भन्दा माथि 
थिचेको दहरमा छु
असिमित क्लिस्ट जहाँ 
गजलका बहरमा छु
----
थकित् पल संगै प्याला 
प्यालाको जहरमा छु
आज म शहरमा छु 
कथित रहरमा छु !!!
---
31 January, 2015 saturday

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...