Saturday, January 31, 2015

कथित रहरमा छु


-----
आज म शहरमा छु 
कथित रहरमा छु 
कसलाई के थाहा छ 
बिषाक्त लहरमा छु
----
मधुरा जूनतारा गन्दै 
ब्युझेको प्रहरमा छु 
भिड्बाट जतीभागे´नि 
अत्यास् कहरमा छु 
----
महल् देखि डराएरै त्
नजिकै बगरमा छु 
अबिछिन्न नै सायद 
जीवन्´का डगरमा छु 
----
सपना बादल् एकै हुन् 
त्यसैले सगरमा छु  
प्यास नमेटिएर् होला 
सुकेको नहरमा छु 
----
दुक्कीतिर्की भन्दा माथि 
थिचेको दहरमा छु
असिमित क्लिस्ट जहाँ 
गजलका बहरमा छु
----
थकित् पल संगै प्याला 
प्यालाको जहरमा छु
आज म शहरमा छु 
कथित रहरमा छु !!!
---
31 January, 2015 saturday

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...